साइप्रस न्युज

अर्यालको नेतृत्वमा साइप्रसमा नेपाली जनसम्पर्क समिति गठन

शेयर गर्नुहोस्

काठमाडौं । साईप्रसमा बसोबास गरिरहेका राष्ट्यिता, लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपालीहरुले नेपाली जनसम्पर्क समिति, साईप्रस गठन गरेका छन् । आईतबार साईप्रसको पर्यटकीय शहर लिमासोलमा भएको सम्मेलनमा धादिङ जिल्ला स्थायी घर भएर अहिले साईप्रसमा बसोबास गर्दै आएकी सीता अर्यालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन हो ।

लोकन्त्रवादी नेपालीलाई एकीकृत गर्दै राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका आदर्श सिद्धान्त, नीति एवं मूल्य मान्यतालाई आत्मसाथ गर्दै संघीय गणतन्त्र सार्इप्रसका विभिन्न स्थानमा विभिन्न पेशा व्यवसायको सिलसिलामा कार्यरत नेपाली कांग्रेसमा आस्थावान नेपालीहरूलाई गोलबद्ध गर्दै नेपाली कांग्रेसलाई रचनात्मक सहयोग पुर्‍याउने मुख्य उद्देश्यका साथ समिति गठन भएको अध्यक्ष अर्यालले जानकारी दिईन् ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा ललितपुरकी माया विष्टलाई चयन गरिएको छ । त्यस्तै महामन्त्रीमा चितवनका राजेन्द्र घिमिरे, सहमहामन्त्री सिन्धुपाल्चोककी पार्वती खड्का र कोषाध्यक्षमा सुनसरीकी लक्ष्मीता गुरुङलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा झापाकी शर्मिला श्रेष्ठ सुनसरीकी उर्मिला ओझा र धादिङकी अम्बिका भट्टलाई चयन गरिएको छ । एक जना उपाध्यक्ष र केही सदस्य चयन गर्न अझै बाँकी रहेको अध्यक्ष अर्यालले बताईन् ।

उनले नेपाली काँग्रेसमा आवद्ध रहनेगरी खुलेको जनसम्पर्क समितिलाई आधिकारिकताका लागि काँग्रेस केन्द्रीय कार्यालयमा यथाशक्य चाँडो प्रक्रिया सुरु गर्ने तयारी भईरहेको बताईन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *