साइप्रस न्युज

साइप्रसमा सेफ हाउस स्थापना गर्न डेढलाख भन्दा बढी सङ्कलन

शेयर गर्नुहोस्

चैत २९ – साइप्रसमा सेफ हाउस स्थापनाका लागि १ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । नयाँ वर्ष २०७५ को अवसर पारेर अवैतनिक वाणिज्य दूतावासको संरक्षण तथा एनआरएन साइप्रसको आयोजनामा सांगीतिक कार्यक्रम गरेर रकम संकलन गरिएको हो ।

यहाँ नेपाली कामदारलाई परेको समस्या समाधान गर्न सेफ हाउस स्थापना गर्न लागिएको एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्लले बताउनुभयो ।

साइप्रसमा समस्यामा परेका नेपाली कामदार, विद्यार्थीका समस्या बारे साइप्रस हेर्ने इजरायलमा रहेको नेपाली दूतावास तथा नेपाल सरकारका विभिन्न निकायमा ताकेता गरेपनि खासै चासो नदिएको अध्यक्ष मल्लले गुनासो गर्नुभयो ।

संचालनमा आयो Safe House

इजरायलमा रहेको नेपाली दुतावासलाई धेरै पटक पत्राचार गरेपनि कुनै चासो नदिएको चितवन सेवा समाजकी अध्यक्ष जसु पुन मगरले बताउनुभयो ।

सांगीतिक कार्यक्रममा नेपाल आइडलका सागर आले मगर, दिपक राई बान्तवा, लोक पप गायक बिबि मल्ल ठकुरी तथा गायक गौरव नेपाल लगायतका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमबाट उठेको रकमबाट छिट्टै सेफ हाउस स्थापना गरिने एनआरएन अध्यक्ष मल्लले बताउनुभयो ।

श्रोत : ujyaalo online

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *