अन्तर्राष्ट्रिय आप्रवाशी दिवस मनाइने

शेयर गर्नुहोस्

नेपालीलाई सहभागी हुन आह्वान

साइप्रस-नेपाल

१२ डिसेम्बर २०१९ / लिमासोल

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवाशी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवाशी दिवस का रुपमा मनाउने निर्णय गरेको थियो । 

आप्रवाशी हरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने भन्ने उद्देश्य सहित सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।

साइप्रसमा पनि डिसेम्बर १५ मा ‘किसा’ नामक गैर सरकारी संस्थाले शान्तिपूर्ण विरोध र्याली आयोजना गर्ने भएको छ। अप्रवासीको समान अधिकारको माग गर्दै निकोसिया स्थित पापोस गेट बाट र्याली सुरु सोलोमौ स्क्वाएर पार्क मा समापन हुने साथै भिन्न संस्कृति,नृत्य, खाना लगायतको कार्यक्रम हुने बताइएको छ।

साइप्रसको श्रम बजारमा नि:शुल्क रुपमा सहज पहुँच हुनु पर्ने , सबैका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा समान पहुँच हुनु पर्ने, सामाजिक बिमा योजनामा आप्रवाशी को योगदानमा दिएको असमान सुविधा सुधार गर्दै समनाता सुनिश्चित हुनु पर्ने , महिला हिँसा बन्द गर्नु पर्ने, प्रवासी बालबालिकाको हक अधिकार सुनिश्चित गर्नु पर्ने , सिप्रियोट समाज प्रति आप्रवासीको योगदानको मुल्यांकन र सम्मान हुनु पर्ने माग राख्दै प्रदर्शन हुने किसाले जनाएको छ।

विश्वका विभिन्न देश बाट साइप्रस आइपुगेका आप्रवाशी को विभिन्न समुदायको सहभागिता हुने उत्त र्यालीमा नेपाली समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै घरेलु कामदार, विधार्थी, शरणार्थी र अन्य नेपाली श्रमिक र स्थापित नेपाली संघसंस्थाहरु सहभागी हुन र समान अधिकार माग गर्न संयोजक बिना थापाले आग्रह गर्नु भयो।

सामाजिक संजाल र गफगाफ मा मात्र सिमित नभएर सडक मै आए पक्कै पनि सरोकारवालाको ध्यान पुग्ने विश्वास उहाले गर्नु भयो। “हामि नबोले सम्म केहि हुदैन , बोल्नेको पिठो बिक्छ भने जस्तै हो , हजारौको सहभागिता भएको र्यालीले उठाएको मागलाई सरकारले सून्ने छ ” उहाँले भन्नु भयो।

आप्रवाशी कामदारको हकहित, अधिकार संरक्षणमा सरोकारवाला निकायलाई झक्झकाउने र कामदारको हितमा निर्णय गराउन दबाब दिन मौकाको रुपमा यो दिवस मनाउन लागिएको हो।

गैर सरकारी संस्था ‘किसा’ ले अप्रवासन, शरणार्थी ,जातिवाद, भेदभाव, तस्करी को क्षेत्रमा केन्द्रित भइ विभिन्न किसिमका क्रियाकलाप गर्दै आइरहेको छ। आप्रवासीको प्रभावकारी एकीकरण, भेदभाव विरुद्ध कार्यक्रम , शरणार्थीका लागि समानता र एकता जस्ता प्रभावकरी कार्यक्रमहरु संचालन गरिसकेको छ।

साइप्रस भासिएका नेपालीहरुमा ग्रिस भाषाको ज्ञान नहुनु, न्यायमा पहुँच नहुनु, तोकिएको तलब नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, विभिन्न आरोपमा डिपोर्ट हुनु पर्ने , घरेलु हिंसा जस्ता समस्या नेपाली श्रमिकले भोग्दै आएका छन् । मुख्यतः साइप्रस र नेपाल बीच आप्रवाशी कामदारका सम्बन्धमा सम्झौता नहुनु मुख्य समस्याका रुपमा रहेको छ ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *