छाला को हेरचाह यसरी गर्नुस् गर्मीमा

शेयर गर्नुहोस्

कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ। यसले उनीहरुको अनुहार र छाला सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ। यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ।

कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ। गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ। यसले अनुहारको धुवाँधुलो हट्नुका साथै अनुहारका दागधब्बा पनि हट्छ।

अनुहारलाई सफा गरिसकेपछि गुलाब जल लगाउन सकिन्छ। यसले छालालाई निखार दिन्छ, ताजा महसुस गराउँछ र शितलता प्रदान गर्छ। गुलाबजलले छालामा रक्तसन्चार प्रवाहलाई नियमित गर्न मद्धत गर्छ र चमकता प्रदान गर्छ।
गर्मीका बेला तातो तथा आर्द्रतायुक्त मौसममा म्याट मोस्चराइजर सबैभन्दा बढी उपयुक्त मानिन्छ। यदि घरबाहिर निस्कनु छ भने सनस्क्रीनको उपयोग गर्न सकिन्छ।

तैलीय छालाका लागि आयल फ्री सनस्क्रीन पनि बजारमा पाइन्छ। गर्मीमा सातामा दुई या तीनपटक फेसियल स्क्रब प्रयोग गर्न सकिन्छ। फेसियल स्क्रबले छालाबाट मरेका कोशिकालाई हटाउन मद्धत मिल्छ र छालाको गहिरो सफाई हुन्छ। यसबाट छालामा चमक तथा निर्मलता आउँछ।

छालामा पोषकयुक्त क्रिम (नरिसिङ क्रिम) लगाएर हल्का हल्का चारैतिर गोलाकार स्वरुपमा मालिस गर्नुपर्छ। मसाजको ३–४ मिनेटमा सफा पानीले पूरै धुनुपर्छ। गर्मीमा साताको दुईपटक फेस मास्कको उपयोग गर्नुपर्छ। फेस मास्कलाई ओठ तथा आँखाको नजिकको क्षेत्र छाडेर अनुहारमा पूरै लगाउनुपर्छ। सुकेपछि यसलाइ धुनुपर्छ।

सुन्तला : स्वास्थका लागि फाइदाजनक

आफ्नो मेकअपमा ताजगी ल्याउनका लागि ह्याण्डब्यागमा केही सौन्दर्य सामग्री जरुर राख्नुपर्छ। गर्मीमा सुगन्धित चिसो टिस्यु स्फूर्तिदायक साबित हुन्छ। यो बजारमा सजिलै उपलब्ध हुन्छ। यसलाई छाला सफा गर्न र पसिनाको दुर्गन्ध सफा उपयोग गर्न सकिन्छ।

सुगन्धित पाउडर पनि लाभदायक र असरदायक मानिन्छ। पहिला टिस्युले छाला सफा गर्नुपर्छ र पछि पाउडर लगाउनुपर्छ। यसबाट तैलीय छालाको समस्याबाट मुक्ति मिल्छ।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *