स्वास्थ्य

चिसो मौसममा स्वास्थ्य वर्धक ५ फलफूल

शेयर गर्नुहोस्

फलफूल र तिनीहरुको सेवनका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – जस्तो कि, फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसो कै कारण निमोनिया लगायतका रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूल लाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूल मा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ ।

गर्मीयाममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ । यहाँ हामी तपाईलाई जाडो मौसममा छुटाउनै नहुने केही फलफूलबारे जानकारी दिने कोशिसमा छौं ।

जाडोमा यी फलफूल खानुस्

  • स्याउ – हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भाईरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ ।
  • मेवाः मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले यो चिसोमा मेवा टन्न खानुहोस् ।
  • अंगुरः अंगुरमा पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल (चिल्लो) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो ।
  • केराः केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ ? त्यो गलत हो । खानुस् केरा, सर्दीबाट बच्नुस ।
  • सखरखण्डः सखरखण्ड भिटामीन ए को महत्त्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ । आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं ।

यसको अलावा अन्य मौसमी फलफूल हरु खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

सुन्तला : स्वास्थका लागि फाइदाजनक

श्रोत : बिआरटि नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *