साइप्रस न्युज

तीजमा साइप्रस गलबन्दीमय हुने

शेयर गर्नुहोस्

लिमासोल / २८ जुलाई
नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज धमाका कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी अगस्टको अठार तारिक आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा हुने कार्यक्रममा नेपालका चर्चित गायक प्रकाश सपुत र नवोदित गायक सुरेन ताम्लिंग लिम्बुको सांगीतिक प्रस्तुति हुने समाजले जनाएको छ छ । पछिल्लो समयमा गायक प्रकाश सपुतको दोहोरि ब्याटल, बोल माया र गलबन्दी गितले सर्वत्र चर्चा पाएको थियो भने धेरैको मनमुटुमा बस्न सफल भएको थियो ।


अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शैक्षिक सहयोग गर्ने उदेश्यका साथ हुन लागेको कार्यक्रममा स्थानीय कलाकारहरुको पनि जोडदार प्रस्तुति हुनेछ । मनोरन्जन संगै तीजको दर खाने व्यवस्था गरिएको समाजकी अध्यक्ष कविता भण्डारीले जानकारी दिनु भयो। प्रवेश शुल्क 15 युरो र विधार्थीहरुका लागि 10 युरो तय गरिएको छ ।


“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च संस्थाले उपलब्ध गराईरहेको छ ।

शैक्षिक सामाग्री वितरण पछी फोटो खिचाउदै चितवन सेवा समाज साइप्रस का पदाधिकारीहरु

कार्यक्रम बारे थप जानकारी र टिकटको लागि सम्पर्क
————( लिमासोल )————
1:- sen sham>>>96634122
2:- Kalika Thapa Sedhain>>96262821
3:- Manju Singh Thakuri >>96907284
4:- Pradip Poudel >>96164839

————( पाफोस )————
1:- Dipak Ghayal >>>96839761
2:- Lamkan Babu>>>96428114
3:- आसा छ्न्त्याल >>>96927082
————-( लार्नाका )————–
1:- Tamangni KT>>>96197072
2:- Dhata Nanda Pandey>>>96588161
————-( पारालिमिनी )———–
1:- Sabi Thapa>>>96294577
2:- Rubi Thapa>>>96859767
3:- Sita Nanu Gomjaa Tmg>>>96739953
4:- Chitwan Sewa Samaj Cyprus

————( निकोसिया )————–
1:- Kabita Bhandari—(अध्यक्ष )>>>>>96471974
2:- Naina Gurung>>>96979078
3:- Muna Gurung >>>96202531
4:- Saru Nepol>>>>> 96837098
5:- Bantawa di >>>>>96088572

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *