महत्वपूर्ण जानकारी

साइप्रसबाट क्यानाडा जाने हो

शेयर गर्नुहोस्

साइप्रसनेपाल डटकम

लिमासोल/ ०९ अगस्ट

हामीले धेरै सुनेका र देखेका पनि छौ फलानो त क्यानाडा उड्यो , अस्ति सम्म ielts गर्दै थियो , राम्रो कमाइ हुन्छ रे , पीआर पाउछ रे यस्तै यस्तै कुराहरु पार्क र रेस्टुरेन्टमा साथीहरु संग बस्दा गफ गर्ने बाहाना हुन्छन् फेसबुक वा मेसेन्जर मा यस्तो किसिमको पोस्टर वाला बिज्ञापन आएको पनि देखिन्छ

यस्तो देखे पछी तपाइँ लाइ पनि यस बारे बुज्न मन लाग्यो होला । यस किसिमका पेज मा गएर हेर्नु पनि भयो होला । मेसेज गरेर वा कमेन्ट गरेर पनि सोध्नु भंयो होला । डकुमेन्ट लिएर आउ रजिस्टर गर । कृषि क्षेत्रमा फ्याट्टै भिसा लाग्छ , कमाइ महिनाको 1500 -2200 डलर सम्म हुन्छ भनेर लोभ्याए पनि होलान् । सेवा शुल्क 3500-4500 युरो लाग्छ भनेर तपाइँ लाइ ठुलो सपना पनि देखाए होलान् । पैसा खोजेर भए पनि रजिस्टर पनि गराउनु भो कि ? तर के यति सजिलै छ त क्यानाडा जान ? किन मरिहत्ते गर्छन् त क्यानाडा जान ?

क्यानडा धेरै नेपालीको सपनाको देश पनि हो । क्यानडा जान चाहनेका लागी अब खुसीको खबर आएको छ । केही समय अघि मात्र क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ ।

सन् २०१८ मा मात्र पनि क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियो । २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ ।

हालसम्म क्यानडाका कूल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्याङ्क छ ।क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ ।

साइप्रसबाट के के काम मा जान सकिन्छ त क्यानाडा ?

यदि इन्टरनेट को राम्रो ज्ञान छ भने तपाइँ आफैले अनलाइन बाट अप्लाई गरेर काम खोज्न सक्नु हुन्छ । सरकारको जब बैक (job bank) मा दैनिक कामदार आवस्यकताको सुचना प्रकाशन भै राखेको हुन्छ यदि तपाइँ को सिप अनुसार काम देख्नु हुन्छ भने दिएको ईमेल मा आफ्नो कागजपत्र पठाउँन सक्नु हुन्छ । साइप्रसमा भने धेरै नेपाली याया पापु हेर्ने वा बच्चा रेखदेख गर्ने काम मा आउने हुदा यस ब्लग मा भने हामि केयर गिभर र नानि बारे बताउने छौ ।

१८ जुन २०१९ बाट क्यानाडा सरकारले २ ओटा नयाँ पाइलट प्रोग्राम सुरु गरेको छ ।
पहिलो Home Child Care Provider Pilot र दोस्रो Home Support Worker Pilot.
यी काममा जादा तपाइँ ले २ वर्ष पछि पीआर को लागि आवेदन दिन सकिन्छ ।

के के कागजपत्र आवश्यक पर्छ त ?

तपाइँ केयर गिभर र नानि को रुपमा कार्यरत हुँनु हुन्छ भने तपाइँलाई निम्न कागजपत्रको आवश्यकता पर्छ ।

  • पासपोर्ट
  • कम्तिमा १० + २ पास गरेको शैक्षिक प्रमाणपत्र
  • युनिभर्सिटी डिप्लोमा भए ट्रान्सक्रीप्ट रेकर्ड
  • वर्क परमिट / पीन्क कार्ड/ एलीएन कार्ड ( साइप्रसमा आएको ६ देखि १२ महिना पुगेको हुनु पर्ने )
  • करार सम्झौता (Employment contract paper )
  • पहिले र अहिले कार्यरत एम्प्लोयर बाट रिफरेन्स लेटर ( नानि वा केयर गिभर काम गरेको भनि इम्प्लोयर दिने पत्र )
  • ट्रेनिग , सेमिनार मा सहभागी भएको प्रमाण पत्र ( जस्तै CPR, First Aid )
  • अनुभव पत्रहरु (Experience Letter)
  • एक प्रति पासपोर्ट साइज फोटो
  • पुरानो पासपोर्ट भए छाप लगाएको सबै पृष्टको फोटोकपी
  • जन्मदर्ता को प्रमाण पत्र (अंग्रेजीमा हुनु पर्ने )
  • चारित्रिक प्रमाण पत्र (नेपाल प्रहरी रिपोर्ट )
  • विवाहित भए म्यारिज वा डिभोर्स सर्टिफिकेट
  • IELTS language test मा रिजल्ट 5 band हुनु पर्ने

क्यानडा सरकार द्वारा मान्यता प्राप्त एजेन्सी कुन हो कसरी चिन्ने ?

हामि क्यानडा पठाउने एजेन्सी हौ भनेर कसैले भन्छ भने पहिला ICCRC मा affiliated agents of immigration consultant को रुपमा दर्ता भएको/ नभएको सोध्नुस् । दर्ता भएको भए iccrc number माग्नुस् । Number यस्तो प्रकारको हुन्छ R422287 । यो नम्बर iccrc को वेबसाइट मा हाले पछी सबै बिवरण देखाउनेछ ।

अब यहाँ क्लिक गर्नुस् , तपाइँ सिधै ICCRC को वेबसाइटमा पुग्नु हुनेछ । त्यहाँ Find an Immigration Professional (चित्र मा देखाइएको ) मा क्लिक गर्नुस् ।

iccrc website home page

अब तपाई यो यो पेज मा आइपुगे पछी पेज लाइ तल सार्नुस र त्यहा Advanced RCIC Search मा RCIC # देख्नु हुनेछ , त्यहा माग्नु भएको iccrc नम्बर भर्नुस र search मा क्लिक गर्नुस् ।

search गरे पछी तपाई लाइ यस्तो देखाउछ , Agent name , status, contact details.

contact मा क्लिक गरेर हेर्दा सो एजेन्सी को नाम, फोन नम्बर र ठेगाना देखाउछ

यसरि तपाइँ ले आफैले हेरेर सक्कली एजेन्सी हो कि होइन थाहा पाउनु हुनेछ र ठगिन बाट बच्नु हुनेछ ।

साइप्रस मा Swetsar Services Ltd कम्पनिले केयर गिभर र नानि लाइ क्यानाडा ब्राजिल पठाउदै आएको छ । सन् २००२ मा स्थापित कम्पनि iccrc मा दर्ता भएको छ । माथि देखाएको सर्च रिजल्ट र iccrc नम्बर यसै कम्पनि को हो । तपाइँलाइ क्यानडा जाने बारे थप जानकारी चाहिएमा यसको फेसबुक पेज वा हरेक आइतबार हुने ओरेन्टेसन क्लासमा जान सक्नु हुनेछ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *