साइप्रसमा ‘सिरियल किलर’द्वारा नेपाली युवतीको हत्या

शेयर गर्नुहोस्

युरोपेली संघ आवद्ध मुलुक साइप्रसमा नेपाली युवतीकोे हत्या भएको छ।
एक सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो। मृतक मध्ये एक नेपाली चेली अस्मिता खड्का विष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

Asmita bista, photo : facebook

स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार रोयटर्सले जनाएअनुसार साइप्रस सेनाका एकजना बहालवाला कप्तानले आप्रवासी कामदार महिला र तिनका छोरीलाई श्रृङ्खलावद्ध रुपमा हत्या गरेका हुन्। सेनाका ३५ वर्षे ती कप्तानलाई प्रहरीले हिरासतमा लिएको छ।

serial killer

प्रहरीसँगको बयानमा उनले आपराध कबुल गरेका छन्। उनकै बयानका आधारमा विभिन्न स्थानबाट हत्या गरिएका ५ जनाको शव साइप्रस प्रहरीले बरामद गरेको छ। शवहरु राजधानी निकोसिया नजिकै रहेको तामा खानीको दुषित पानी जम्मा हुने पोखरीमा फेला परेका हुन्।
स्थानीय प्रहरीलाई उद्धृत बीबीसीले जनाएअनुसार सैनिक सुटिङ रेन्जमा भेटिएको शव नेपाली अस्मिता खड्का विष्टको हो।

अस्मितालाइ न्याय को माग गर्दै प्रदर्शनमा उत्रिएका साइप्रसका नेपाली

अस्मितालाइ न्याय दे भन्दै साइप्रसका नेपाली प्रदर्शनमा उत्रिएका छन्

अस्मितामा २०१८ जुलाइ १८ देखि हराइरहेकी थिइन्। उनको खोजीका लागि महिला अधिकारवादी समूहले माग गर्दै आइरहेको थिए। साइप्रसमा सयौंका संख्यामा नेपाली महिला घरेलु कामदार छन्। मारिने अन्यमा फिलिपिन्स र रोमानियाका महिला तथा उनीहरुका सन्तान छन्।

डेटिङ साइटबाट महिला पञ्जामा
अपराधिक मानसिकता ती सैनिक कप्तानले डेटिङ वेबसाइट प्रयोग गरी महिलालाई पञ्जामा पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आप्रवासी महिलाहरु डेटिङ साइटबाटै उनको सम्पर्कमा पुगेको प्रहरीले उल्लेख गरेको छ।

७ जना आप्रवासीको हत्याको विषय सार्वजनिक भएसँगै साइप्रसमा आप्रवासी कामदारको अवस्थाबारे बहस सुरु भएको छ। मृतकको सम्झनामा स्थानीय बासिन्दा र आप्रवासी कामदारहरुले राष्ट्रपति भवन अगाडि कार्यक्रम आयोजना गरेका छन्।

आप्रवासी महिला कामदार बेपत्ताको विषयमा गम्भीरतापूर्वक छानबिन नभएको भन्दै आलोचना भएपछि राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्। यही विवादका कारण कानुनमन्त्रीले पदबाट राजिनामा दिएका छन्।

श्रोत : नेपाल खबर

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *