साइप्रस न्युज

घेदुङ साईप्रसको तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

साइप्रस–नेपाल

२८ अक्टोवर /लिमासोल

नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

तस्बिर : नेपाल तामांग घेदुङ्गको फेसबुक पेज बाट

संस्थापक अध्यक्ष नानू गोन्जाले संस्थाको प्रगतीमा योगदान पु¥याउने सम्पुर्णलाई धन्यवाद दिइन् भने घेदुङकी सचिव सुनिला दोङ तामाङले स्वागत मन्तव्य राखिन् भने महासचिव लक्ष्मी ब्लोन तामाङले वार्षिक कार्य विधिहरु प्रस्तुत गर्नु भयो ।

तस्बिर : नेपाल तामांग घेदुङ्गको फेसबुक पेज बाट


कार्यक्रममा चितवन सेवा समाज साईप्रस, शेर्पा किदुक साईप्रस, ह्योल्मो समाज साइप्रस, तमु सेवा समाज, तामाङ बौद्ध महासंघ साईप्रस र जनसम्पर्क समिति साईप्रस लगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । प्रमुख अतिथि र सभापतिले संयुक्त रुपमा छ्योमेमा नाङसल बालेर कार्यक्रम उद्घाटन गरेका थिए । निर्मला थीङ तामाङ, सुनिला दोङ तामाङ, मिना लामाले स्वागत गीत र सुनी तामाङ, सोनम घलेले स्वागत नृत्य प्रस्तुत गर्र्दै मनोरञ्जन प्रदान गरे ।

तामाङ जातिको उत्थान, भाषा, धर्म र संकृतिको सम्वद्घन भन्ने मुल नाराका साथ २०१६ मा स्थापना भएको घेदुङले स्थापनाकाल देखि नै साइप्रसमा विविध कारण पीडित भएका तामाङहरुको उद्धार, आर्थिक स्थिती कमजोर भएका रोगी तथा बिरामीहरूलाई सहयोग गर्दै आएका छन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *