साइप्रस न्युज

लिमासोलमा चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ हुने

शेयर गर्नुहोस्
साइप्रस-नेपाल
१३ नोभेम्बर / लिमासोल

किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । आगामी डिसेम्बर ८ तारीख लिमासोल स्थित नियो फिस्टा हलमा ‘ चासोक तङ्नाम २०७६ ‘ आयोजना हुने बताइएको छ ।

‘भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔं’ भन्ने मूल नाराका साथ सन् २०१८ मा  स्थापना भएको किरात याक्थुङ चुम्लुङ साइप्रसले स्वदेशमै भएको अनुभुती गराउन नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्न लागेको सम्योजक सरिता लिङ्ग्देनले बताउनु भयो । कार्यक्रममा लिम्बू भेषभुषा, संस्कार र सस्कृती झल्काउने केलाङ र यालाङ लगायतका मनोरञ्जनात्मक साङितिक प्रस्तुती पनि रहने उहाँले जानकारी दिनु भयो ।


केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ  विशेषगरी चाडपर्व , सभा तथा विवाह  इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ ।

Event Poster

कार्यक्रमका मुख्य आकर्षण प्रथम नेपाली तारा तथा लोकप्रिय गायक दिपक लिम्बुको जोडदार साङ्गितिक प्रस्तुतीहरु हुने छन् । गायक लिम्बुका गितहरु दर्शकश्रोता माझ लोकप्रिय छन् । उनले थुप्रै चर्चित गितमा आवाज दिएका छन् भने विभिन्न चलचित्रमा समेत गित गाइसकेका छन् । ‘मैले माया गर्न जानिन होला’, ‘मुटु माग्यौ तिमिले’, ‘नाइ न भन्नू ल’, ‘म बाच्नु को के अर्थ’ लगायत बोलका गित श्रोताको मुखमा ‘झुन्डिएका’ गित हुन । अमेरिका, युके, जापान लगायतका देशमा साङ्गितिक यात्रा गरिसकेका लिम्बुको साइप्रस यात्रा भने पहिलो पटक हो । साथै नवगायक सुरेन ताम्लिङको केही साङ्गितिक प्रस्तुती संगै यालाङ र केलाङ नाच मा नेतृत्व गर्नेछन् ।


नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । सुरज रानाभाट, सुस्मा राई, पुष्पा पुन मगर र खगेन राना मगरले विभिन्न नृत्य र अमिसा लिम्बुले गायन कलाले मन्त्रमुक्त पार्ने तयारी गर्दैछन् । लुकेको प्रतिभा प्रस्फुटन गर्दै थप हौसला प्रदान गर्न संस्थाले स्थानीय कलाकारलाई प्राथमिकता दिएको छ ।

चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम २०७६ भव्यताका साथ सम्पन्न (फोटोफिचर)


रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् । चासोक तङ्नाम उभौली पर्व भब्य गरि मनाउन र कार्यक्रम सफल बनाउन साइप्रसबासी सम्पुर्ण नेपालीहरुमा उपस्थितिको लागि अध्यक्ष तेजबहादुर सिगु ले अनुरोध गर्नुभएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *