कोरोनासाइप्रस न्युज

कोरोना नियन्त्रण गर्न लिमासोल र निकोसियामा नयाँ नियम लागू

शेयर गर्नुहोस्
१३ अक्टोबर २०२०/लिमासोल

कोरोना महामारी सुरु भए देखि दोस्रो पटक ठुलो संख्यामा सोमबार कोरोना संक्रमण देखिए पछि साइप्रसको स्वास्थ्य मन्त्रालयले निकोसिया र लिमासोलका लागि नयाँ नियम लागू गरेको छ। सोमबार ४१ जनामा संक्रमण देखिए लगत्तै निकोसिया र लिमासोल जिल्लामा १३ अक्टोबर मंगलबार देखि अक्टोबर २३ सम्म लागू हुने बताएको हो । सोमबार सम्म साइप्रसमा २,०४७ जनामा कोरोना संक्रमण भै सकेको छ।

दैनिक वृद्धि भै रहेको कोरोना भाइरस नियन्त्रण गर्न लार्नाका मा लागू गरेको नियम प्रभावकारी  देखिएपछि सरकारले निकोसिया र लिमासोलमा सोही नियमलाई कडाइका साथ पालना गर्नु पर्ने मा जोड दिएको छ । नियम अन्तरगत घर र खुल्ला स्थानमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन पाइने छैन। त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न निर्देशन दिएको छ। साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।

ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर को दुरि राख्नु पर्ने बताइएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ। यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *