२०२ मा कोरोना संक्रमण , हाल सम्म कै उच्च

शेयर गर्नुहोस्

१७ अक्टोबर २०२०/लिमासोल

पछिल्लो २४ घन्टामा हाल सम्म कै उच्च सख्यामा कोरोना संक्रमण देखा परेको छ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४९६६ जनामा परिक्षण गरिदा २०२ जनामा कोरोना पुस्टि भएको हो। यो संख्या अझै बढ्न सक्ने अनुमान मन्त्रालयले गरेको छ। आजको आंकडा सहित कोरोना संक्रमित को संख्या २५८१ पुगेको छ। ट्राकिङ्ग तथा ट्रेसिङ्ग युनिटले छिटो छरितो रुपमा संक्रमितको निटक सम्पर्कमा व्याक्तिको पहिचान गरि परिक्षण गर्न नसक्ने अवस्था देखिएको छ। एक्कासी बडेको संक्रमण र संक्रमितको निकट को संख्या निकै ठुलो रहेकोले उनीहरुलाई आइसोलेसन राख्नु ठुलो चुनौती हो भने भाइरस कसरि सर्यो भनेर पत्ता लगाउनु अर्को चुनौती हो।

दैनिक बढिरहेको संक्रमण एकातिर उच्च छ भने अर्को तिर हस्पिटल भर्ना हुने क्रम पनि बढ्दो छ। बिहिबार पांच, शुक्रबार दश र शनिवार १६ जना अस्पतालमा भर्ना भै सकेका छन्। भर्ना हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार थप ८ जना शनिवार साँझ सम्म भर्ना हुने छन्।

“माहामारीको निकै कठिन मोडमा हामि आइपुगेका छौ , यदि हस्पिटलमा भर्ना हुने क्रम यसरि नै बढ्दै गयो भने परिस्थित निकै गम्भीर हुने छ तब हामीहरु बिरामीको संख्या गनेर मात्र बस्नेछौ जुन निकै दुर्भाग्यपूर्ण हुनेछ ” मन्त्रालयले बतायो।

स्वास्थ्य मन्त्रालयले आज मात्र विभिन्न नियम लागु गर्ने घोसना गरेको थियो। शनिवार भएको घोसनामा केके छ यहाँ क्लिक गरि पढ्नुहोस्।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *