प्रविधी

फेसबुकको लत लागेको भए यसो गर्नुस् ।

शेयर गर्नुहोस्

 यदि तपाईंले नेटफ्लिक्समा सोसल डिलेमा डकुमेन्ट्री हेर्नु भएको छ भने पक्कै पनि तपाईंलाई अन्दाज हुनुपर्छ, सामाजिक सञ्जालले कसरी प्रयोगकर्तालाई त्यसको लतमा फसाउँछ । फेसबुक यस्तो किसिमले काम गर्द छ कि त्यसले चोट र ओखती दुवै दिन्छ ।

यदि तपाईंमा सोसल मिडियाको लत छैन भने पनि सोसल डिलेमा हेर्नु भयो भने तपाईं यो विषयलाई सहजै बुझ्न सक्नुहुन्छ । फेसबुक अहिलेको समयमा सबैभन्दा चर्चित अनि लोकप्रिय सामाजिक सञ्जाल हो । तपाईंले पनि संभवतः पक्कै फेसबुक प्रयोग गरिरहनु भएकै छ ।

अनि यो पनि संभव छ कि तपाईंले फेसबुकमा भिडियो पोस्ट हेर्दा हेर्दै घण्टौं विताइरहनु भएको । फेसबुकको अल्गोरिदम नै यस्तो छ कि जसले प्रयोगकर्ताको धेरैभन्दा धेरै समय लिन खोज्दछ । तपाईं जति धेरै समय फेसबुकमा बिताउनु हुन्छ, कम्पनीले त्यति नै धेरै आम्दानी गर्दछ ।

यद्यपी फेसबुकले यो पनि भन्न बाँकी राख्दैन, तपाईंले चाहेको खण्डमा फेसबुकको प्रयोग कम गर्न सक्नुहुन्छ । त्यसका लागि एपमा एउटा विशेष फिचर पनि दिइएको छ । यो फिचर नयाँ त होइन, तर तपाईंका लागि निकै उपयोगी सावित हुन सक्छ । खासगरी जब तपाईं फेसबुकमा धेरै भन्दा धेरै समय बिताउनुहुन्छ ।

यसरी थाहा पाउनुहोस्, फेसबुकमा बित्ने तपाईंको समय

फेसबुक एपमा ‘योर टाइम अन फेसबुक’ खण्ड रहेको छ । फेसबुकको ‘सेटिङ एन्ड प्राइभेसी’ अप्सनमा गएर तपाईं यसमा पहुँच बनाउन सक्नुहुन्छ । यसमा रहेको ‘सी योर टाइम’ फिचरमा गएर तपाईं ग्राफको रुपमा आफ्नो फेसबुकमा दिनभर कति घण्टा बितिरहेको छ भन्ने जानकारी लिन सक्नुहुन्छ ।

यहाँ तपाईंले हरेक दिन फेसबुक प्रयोग गरेको समय, औषत दर र रातकोसमयको तुलनामा अरु कुन समयमा बढी प्रयोग भइरहेको छ भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्छ । यसमा तपाईं रातको समयमा कति पटक आफूले फेसबुक खोलियो भन्ने कुराको जानकारी पनि पाउनु हुनेछ ।

न्युज फिड प्रिफरेन्सेस

यसबाट तपाईं न्युज फिडको प्राथमिकता सेट गर्न सक्नुहुन्छ । कुनै निश्चित व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ता कि फिडमा उसको पोस्ट देखा नपरोस् ।

सेट डेली टाइम रिमाइन्डर

योर टाइम अन फेसबुक खण्डमा नै तपाईंले सेट डेली टाइम रिमाइन्डर फिचर पनि फेला पार्न सक्नुहुन्छ । जसबाट तपाईंले कति समय फेसबुक एप प्रयोग गरिसकेपछि रिमाइन्ड गराउनुपर्ने छ भन्ने कुरा तय गर्न सक्नुहुन्छ ।

म्यानेज योर नोटिफिकेसन 

यो सेटिङ भित्र तपाईंले नोटिफिकेसन सेटिङलाई परिवर्तन गर्न सक्नुहुनेछ । जसबाट तपाईं पुश नोटिफिकेसनलाई अन अफ गर्नुका साथै कुन प्रकारको नोटिफिकेसन आउन दिने वा नदिने निर्धारण गर्न सक्नुहुन्छ ।

साथै यहाँबाट तपाईंले आठ घण्टासम्म नोटिफिकेसन अफ राख्न सक्नुहुन्छ । यस बाहेक कमेन्ट, ट्याग, रिमाइन्डर र अपडेट जस्ता नोटिफिकेसन समेत अन अफ गर्न सक्नुहुनेछ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *