[अपडेट] टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का (फोटोसहित )

शेयर गर्नुहोस्

३० अक्टोबर २०२०/लिमासोल

टर्कीमा ६.७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको मृत्यु भएकाे छ । करिब ५ सय २२ जना घाइते भएकाे ग्रीसका संचार माध्यमले जनाएका छन् ।

६.७ म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा ठुलो क्षति पुर्‍याएको छ।स्थानीय अधिकारीहरूका अनुसार १७ वटा घर भत्केका छन्। टर्की मा बस्ने सबै नेपाली सुरक्षित रहेको एनआरएनए टर्की का अध्यक्ष उज्जल कुमार घिसीङले फेसबुक मार्फत जानकारी दिनु भएको छ। उहाँले कसैलाई कुनै किसिमको नोक्सानी पुगेको भए सम्पर्कमा रहन या सम्पर्क नम्बर 05522778593 मा कल गरि जानकारी गराउन अनुरोध गर्नु भएको छ।

nrna turkey

टर्की

मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन्। उद्दारको लागि अहिले २०० जना उद्दारकर्ता र ५० भन्दा बढी अग्नि नियन्त्रक परिचालित छन्। इज्मिर शहरका गभर्नर यावुज सेलिम कोस्गरका अनुसार हालसम्म कम्तिमा ७० जनालाई भवनको भग्नावशेषबाट उद्धार गरिएको छ।

टर्की

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।टर्कीमा भूकम्प गइरहन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।

ग्रीस

यता ग्रिसको सामोस टापुमा पनि क्षति भएको छ। घर भत्किएका छन् भने एक चर्च को ठुलो भाग भत्किएको छ। २ युवक को मृत्यु भएको छ भने १७ जना घाइते भएको स्थानिय मिडियाले जनाएका छन्।

ग्रीस

साइप्रसका रास्ट्रपतिले एक विज्ञप्ति जारि गर्दै भूकम्पले पुर्याएको क्षति प्रति गहिरो दुख व्यक्त गर्नु भएको छ। साथै ग्रीस र टर्कीलाइ कुनै पनि आवश्यक सहयोग प्रदान गर्न साइप्रस तयार रहेको बताउनु भएको छ।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *