साइप्रस न्युज

आइतबार १९७ मा कोरोना पुष्टी

शेयर गर्नुहोस्

०१ नोभेम्बर २०२० /लिमासोल

पछिल्लो २४ घन्टामा कोरोनाका १९७ मामिला देखा परेको छ। साइप्रसको स्वास्थ्य मन्त्रालयले आइतबार साँझ दिएको जानकारी अनुसार देश भरिका ल्याबमा गरिएको ३०५३ नमुना परिक्षणमा १९७ मा कोरोना पुष्टी भएको हो। आजको आंकडा सहित हाल सम्म को कोरोना संक्रमितको संख्या ४५६३ पुगेको छ भने २६ जनाको मृत्यु भैसकेको छ। आजको ताजा डाटाले समुदायमा ११ मध्य १ जनामा संक्रमित भएको देखाएको छ। यसको अर्थ कोरोना को फैलावट समुदायमा झनै बढ्दो छ। सतर्कता अपनाउदै भौतिक दुरी कायम गर्नु भाइरस संग बच्ने सबैभन्दा राम्रो उपाय हो।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै संक्रमित कन्ट्याक्ट ट्रेसिङ्ग मार्फत संकलन गरिएको नमुनामा देखिएको हो। ३०० नमुना मध्य ८१ जनामा कोरोना पोजेटिभ पाइएको हो। त्यस्तै, व्याक्तिगत रुपमा टेस्ट गराउन जाने ८२६ जना मध्य ७३ जनामा पनि कोरोना पुष्टी भएको छ । १३० नमुना सरकारी हस्पिटलमा टेस्ट गरिदा दश जनामा, एयरपोर्ट बाट संकलित ९७८ नमुना बाट १६ जना, स्कुल परिक्षण कार्यक्रम अन्तर्गत २५४ नमुनामा ४ जनामा कोभिड १९ देखिएको हो। अन्य १३ मामिला भने फुटबल क्लब, लिमासोलाको किपोरुन्ता गाउका स्थानिय बासिन्दा र रिफ्युजी क्याम्प बाट फेला परेको हो।

हाल फामागुस्ता हस्पिटलमा २६ जना र निकोसिया जेनेरल हस्पिटलमा १३ जना कोरोना संक्रमणका कारण भर्ना भएका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *