देश विदेश

अष्ट्रियाको भियनामा आतंकवादी हमला : कमाण्डो पुलिसको अपरेशन जारी

शेयर गर्नुहोस्

ब्रसेल्स, १९ कात्तिक । संसारकै सुरक्षित मानिएको अष्ट्रियाको भियनामा आतंकबादी हमला भएको छ । सोमबार साँझ करिब ८ बजेको समयमा आईएस मिलिट्याण्टले हमला गरेको अष्ट्रियाको गृह मन्त्रालयले जनाएको छ ।

आतंककारीले हमला पूर्व इन्स्टाग्राममा पेस्तोल, एके ४७ सहितको फोटो पोष्ट गरेका थिए । उक्त महलामा ४ को मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् । जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

उक्त घटनामा कुन देशको नागरिकहरु मरेका र कुन देशका नागरिकहरु घाइते भएका भन्ने खुल्न सकेको छैन । उक्त घटनापछि १ हजार भन्दा बढी कमाण्डो पुलिसहरुको अपरेशन जारी राखेको छ ।

उक्त अपरेशनमा एन्टि टेरोरिस्ट, कोब्रा स्पेसल फोर्ससमेत सामेल छ । हमला भएको ठाउलाई इनर स्टाट भनिन्छ, जुन भियनाको मुटुमा रहेको छ । उक्त ठाउँमा यहुदीहरूको मुख्य गिर्जाघर रहेको छ ।

६ ठाउँमा हमला भएको पुष्टि भएपनि १ जना हमलाकारीलाई मात्रै प्रहरीले भिडन्तमा मारिएको दाबी गरेको छ । अन्य को–कति थिए ? भन्ने अझै पनि पुष्टि भएको छैन ।

भियनाका नागरिकले २० हजार भिडियो रेकर्ड पुलिसलाई पठाएको यहाको पत्रपत्रिकाले लेखेका छन् । करिब २० परिवार नेपाली रहेको यो घटनामा कुनैपनि नेपाली पीडित नभएको जानकारी एनआरएनए अष्ट्रियाले गरेको छ ।

मुख्य हमलाकारी २० बर्षीय अष्ट्रियन नागरिक हुन् । कोसोभोमा जन्मिएका उनी म्यासेडोनियाको नागरिकतासमेत रहेको खुलेको छ । उनी केही समय अगाडि मात्रै जेलबाट छुटेका थिए ।

कट्टरपन्थी इस्लामी आतंकवादी मिलिशिया “इस्लामिक स्टेट”लाई सहयोग गर्न सिरिया जान खोज्दा उनी पक्राउ परेका थिए । उनी सन् २०१९ को अप्रिलमा २२ महिनाको लागि जेल परेका थिए । २२ महिना जेल समय नहुँदै उनलाई विभिन्न कारणले डिसेम्बरमा नै रिहा गरिएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *