साइप्रस न्युज

सरकारको नयाँ नियम , लिमासोल र पापोसमा विशेष (सबै अपडेट)

शेयर गर्नुहोस्

०५/ नोभेम्बर २०२०

कोरोनाको दोस्रो लहर संग संगै कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ। कोरोनाको फैलावट रोक्न र जनजीवन सामान्य बनाउने प्रयास स्वरुप हाल कडा कदम चालिएको स्वास्थ्य मन्त्रीले बताए। साइप्रस सरकारले यो अवस्थालाई नियन्त्रण गर्न देश भरि विभिन्न श्रेणीमा नियम लागु गरेको छ जुन आगामी १५ जनवरी सम्म रहनेछ। सरकारले लकडाउन खुल्ला गरे पनि अगस्त देखि विभिन्न नियम लागु गर्दै आएको छ। लागु गरिएका नियमहरु कोरोना भाइरस को फैलावट रोक्न गरिएको भए पनि दुर्भाग्यवस भाइरसको नियन्त्रण गर्न नसकिएको स्वास्थ्य मन्त्रीले बताए। ” साइप्रस सानो छ, हामीले चाहेको नियम लागु गरेर भाइरस नियन्त्रण गर्न सम्भव छैन किनकि एक जिल्ला बाट अर्को जिल्लामा संक्रमण सजिलै फैलिन सक्छ” मन्त्री अयान्नु ले भने।

यता, लिमासोलाका मेयर निकोस निकोलाइदेसले अहिले संकट निकै गम्भीर भएको बताएका छन्। अहिले सम्म गरिएका विभिन्न प्रयासले कोरोनाको दोस्रो लहरलाइ गरेको आसा अनुसारको नतिजा नपाएको उनले भने । “विज्ञहरुका अनुसार हाम्रो जनतामा केहि यस्ता समुह छन् जसले अहिलेको परिस्थितिलाई गम्भीर रुपमा लिएका छैनन् ” तर विज्ञहरुको सुझाब मान्नु बाहेक हामि संग अरु उपाए छैन “. उनले थपे।

लिमासोल नगरपालिकाले बालबालिका खेल्ने खेल मैदान, पब्लिक गार्डन तथा पार्कहरु बन्द गरेको छ। नयाँ नियममा बताइए अनुसार पार्क लगायतका स्थान१६ नोभेम्बर सम्म बन्द गरिएको हो।

सरकारले घोषणा गरेको ३ श्रेणी के के हो र कति समय सम्म लागु हुन्छ ?

पहिलो श्रेणी “।(क्याटेगोरी ए )

५ नोभेम्बर २०२० देखि १५ जनवरी २०२० सम्म लागु हुने मध्यावती नियम

१. चलचित्र हल र नाटक थियटरहरु मा ५० % सिट भरिने गरि संचालन गर्न पाइने

२. सभा, सम्मेलन, सेमिनार लगायतका कार्यक्रम संचालन गर्न सकिनेछ तर प्रति व्याक्ति ३ मिटर स्क्वायर को दुरी कायम राखी बढीमा २५० जना सम्म उपस्थित हुन सकिने छ। तर सो कार्यक्रम भरिको समयमा चियाकफी वा खाजा नास्ता गर्न बन्देज गरिएको छ।

३. सुपरमार्केट, मिनी मार्केट, बुचर र बेकरी जस्ता दैनिक उपभोग्य सामान खरिद गर्नका लागि वृद्धवृद्ध र अपाङ्गका लागी अलग समय छुट्याएको छ। पसल खुल्ने समय देखि बिहान ९ बजे सम्म र दिउसो १ देखि २ बजे सम्म माथि उल्लेखित समुहले मात्र सपिङ्ग गर्न पाउनेछन।

४. उमेर १२ वर्ष माथिका बालबालिका र सबै सर्वसाधारणले मास्क लगाउन अनिवार्य गरिएको छ।

५. नोभेम्बर १३ देखि १५ जनवरी २०२१ सम्म बिबाह र किर्स्तिनिग (नवजात बच्चालाइ पवित्र पानी छर्केर पवित्र पारिने एक किसिमको रीति ) मा ककटेल पार्टी वा बधाई दिने समारोह गर्न मनाही गरिएको छ। भोजमा सरिक हुन् सकिने छ यदपि एक टेबल मा ६ जना भन्दा बढि बस्न पाइनेछैन।

दोस्रो श्रेणी “।(क्याटेगोरी बि ) ५ नोभेम्बर २०२० देखि ३० नोभेम्बर २०२० सम्म देश भर लागु हुने नियम

१. सार्वजनिक स्थान र घर मा व्याक्तिहरु भेला भै जमघट गर्न सकिनेछ। तर घर मा हुने जमघटमा भने बालबच्चा सहित बढी १० जना मात्र जम्मा हुन सकिने छ। वा सार्वजिक स्थानमा बढी मा एक ग्रुप मा १० जना सम्म जम्मा हुन सकिने छ।

२. सबै किसिमका रेस्टुरेन्ट तथा डाइनिङ्ग एरिया (बसेर खाना खाने ठाउँ) राति १०.३० बजे पछि ”डाइन इन ” का लागि बन्द हुनेछन तर डेलिभरी सेवा भने जारि राख्न सकिनेछ। तर लार्नाका र पापोस एयरपोर्टमा यो नियम लागु हुने छैन।

३. रेस्टुरेन्ट भित्र ७५ र बाहिर १५० जना बसेर सेवा लिन सक्नेछन्। प्रति टेबल ६ जना मात्र बस्न पाउनेछन्।

४. राति ११ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुनेछ। अत्यावस्यक सेवा ( अस्पताल,फार्मेसी जान/आउँन ) वा काममा जान बाहेक अन्य सर्वसाधारण लाई बाहिर निस्किन मनाही गरिएको छ। कर्फ्यु तोड्नेल़ाई ३०० युरो जरिवाना लाग्नेछ।

५. चर्च, मस्जिद जस्ता धार्मिक स्थलमा ७५ जना भन्दा बढी जम्मा हुन पाइनेछैन तर “हेल्थ प्रोटोकोल” पालना गर्नु पर्ने छ।

६. दर्शक को उपस्थिति बिना च्यापियनशिप खेल हरु संचालन गर्न सकिने छ तर “हेल्थ प्रोटोकोल” पालना गर्नु पर्ने छ।

७. घेराबन्द स्थानका खेलमैदानमा ५० जना र खुल्ला खेल मैदानमा १५० जना सहभागी हुन् सकिनेछ। तर बच्चाहरुको प्लेपार्क मा जन्मदिन को पार्टी मनाउदा १० जना भन्दा बढी जम्मा हुन् पाइने छैन।

८. जिम हलको लकर रुम बन्द रहनेछ।

तेस्रो श्रेणी “।(क्याटेगोरी सी ) पापोस र लिमासोलामा ५ नोभेम्बर २०२० देखि १६ नोभेम्बर २०२० सम्म लागु हुने विशेष नियम

१. १८ वर्ष मुनिका बालबालिका को लागी आयोजना हुने सबै किसिमका खेलकुद वा सामाजिक क्रियाकलाप मा प्रतिबन्ध लगाइएको छ।

२. कर्मचारी वा स्थाफको अलग अलग ड्युटी समय वा अलग ग्रुप बनाइ काम गराउनु पर्ने जसले कोहि संक्रमित भए अन्य व्याक्ति मा भाइरस नसरोस्

३. अलग अलग ग्रुप र स्टाफका लागि अलग अलगै “ब्रेक टाइम वा रेस्ट टाइम ” गर्नु पर्ने

४. अफिसका कार्य सके सम्म “वर्क फ्रम होम ” गर्नु पर्ने वा मिटिंग पनि अनलाइन गर्नु पर्ने छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *