साइप्रस न्युज

शनिवार ९ जनामा कोरोना संक्रमण पुस्टि

शेयर गर्नुहोस्

२१ मार्च / लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले आज गरिएको टेस्टमा ९ जनामा कोरोना संक्रमण भेटिएको बताएको छ। आज सम्म गरि ८४ जनामा कोरोना पुस्टि भएको हो।

मन्त्रालयले जनाए अनुसार पापोस अस्पतालमा काम गर्ने एक जना नर्स , एक बिमान कम्पनीमा कार्यरत कर्मचारी, बेलायत, पोल्याण्ड र स्पेनको यात्रा बाट फर्केका चार जना , र कोभिड १९ पुस्टि भएका व्याक्तिको सम्पर्कमा आउनाले ३ जनामा सरेका बिरामी हुन्।

अहिले १३ जनाको फामागुस्ता अस्पतालमा उपचार भै रहेको छ भने लिमासोल अस्पताल आईसीयूमा उपचार गरिरहेका ३ जनाको अवस्था स्थिर छ। एक जनाको निकोसिया अस्पतालमा उपचार भइरहेको छ।

यो पनि पढ्नुहोस : 3 जना निको भए, ७७९क्वारेन्टाइनमा

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *