कोरोनासाइप्रस न्युज

साइप्रसमा हालसम्म कै उच्च संख्यामा कोरोना संक्रमण, शनिवार ३१४ केस

शेयर गर्नुहोस्
समिम मियाँ
०७ नोभेम्बर २०२०

कोरोना महामारी सुरु भए देखि कै यता सम्मकै रेकर्ड तोड्दै साइप्रसमा आज ३१४ मा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३१४ नयाँ बिरामी संगै एक वृद्ध को मृत्यु भएको छ। फामागुस्ता हस्पिटलमा भर्ना भएका वृद्धमा कोरोना संक्रमण संगै अन्य स्वास्थ्य समस्या भएको बताइएको छ। हालसम्म कोरोनाका कै कारण २७ जनाले ज्यान गुमाइसकेका छन्। आजको नयाँ तथ्यांक सहित गत मार्च देखि हाल सम्म ५८७१ जना संक्रमित भएका छन् भने १८८२ जना निको भैसकेका छन्। शनिवार ४२१८ नमुना को परिक्षण गरिएको थियो।

स्वास्थ्य मंत्री कोन्स्टाटिनुस आयान्नु ले सर्वसाधारण जनतामा लागु गरिएका नियम पालना गर्न आग्रह गर्नु भएको छ।

शनिवार विभिन्न बधशालामा कार्यरत कर्मचारीमा टेस्ट गर्दा ९२ जना मा कोरोना देखिए पछि ” अत्यन्तै चिन्ताजनक ” भएको प्रतिक्रिया दिदै बधशालामा उचित सुरक्षाका उपाय पालना नगरिएको र “हेल्थ प्रोटोकोल” को उल्लंघन गरिएको टिप्पणी गर्नु भयो। बधशालामा “हेल्थ इन्स्पेक्टर” को रुपमा कार्यरत तिन जना भेटनरी स्टाफमा शुक्रबार परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि अन्य स्टाफ,मा पनि परिक्षण गरिएको थियो। संक्रमण भेटिएको बधशाला अहिले बन्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

“दुर्भाग्यबस, अधिकांस अवस्थामा परामर्श, अपिल, निर्देशन, सुरक्षाका उपाय, सुविधा र चेतावनी दिइए पनि सर्वसाधारणमा उदासिनता छ जुन माफीयोग्य छैन।” मंत्री आयान्नु ले भन्नु भयो।

मन्त्रालयका अनुसार ६० जना कन्ट्याक्ट ट्रेसिंगबाट, व्याक्तिगत रुपमा परिक्षण गराउनेबाट ९४ जनामा, सरकारी हस्पिटल ल्याबबाट १४ जना, एयरपोर्ट बाट ४४ जना र डाक्टरको सिफारिसबाट परिक्षण गराउने २६१ मध्य ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै, स्कुल बाट एक जना र ८ जना आप्रावासीमा पनि कोभिड १९ पोजेटिभ देखिएको छ।

सरकारले कोभिड १९ अस्पताल को रुपमा परिवर्तन गरेको फामागुस्ता हस्पिटलमा शनिवार सम्म भर्ना हुनेको संख्या ५३ पुगेको छ थप बिरामी बढ्न सक्ने अनुमान अनुसारको अस्पतालले आवश्यक तयारी गरिसकेको छ। अहिले एक हजार भन्दा बढि सक्रिय संक्रमित ‘सेल्फ आइसोलेसन’ मा आ-आफ्नै घरमा छन्।

Read also : साइप्रसमा लागु भयो नयाँ नियम, लिमासोलाको पार्क सबै बन्द

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *