साइप्रस न्युज

साइप्रसमा थप दुई जनाको कोरोनाको कारणले मृत्यु ,आठ नयांँ विरामी फेला

शेयर गर्नुहोस्


दिनेश गौतम


युरोप साईप्रस मार्च २४ , । साईप्रसमा आज कोरोना भाईरसका कारण थप दुई जनामा मृत्यु र ८ जना नया विरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब यो मृत्युहु नेहरुको सख्या ३ जना पुगेको छ भने कोरोनाको बिरामी १२४ (३ जना बेलायती नागरिक) जनालाई भएको पुष्टि भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेमा ६४ बर्षिय बेलायती नागरिक जो लिमासोल जनरल अस्पताला र ५८ बषिय एक साईप्रस नागरिक जो निकोसिया हस्पिटलमा उपचारत थिए । ६३ बर्षिय बेलायती नागरिक आफनो नातेदारलाई बेलायत भेटघाट गरि फर्केका थिए भने साईप्रसका नागरिकलाई उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रलायका आनुसार आज आठ जना मध्ये ३ जनालाई भेटघाटबाट भाईरस सरेको छ , दुई जना युरोपियन देशबाट फर्केकाहरुलाई जाचं पछि कोरोना लागेको र ३ जनालाई अनुसन्धानका क्रममा कोरोना भेटिएको बताएको छ । यस्तो अवस्थामा सबै मानिस आफनो घरमै बसेर सरकारलाई सहयोग गर्न मन्त्रालयले आग्रह समेत गरेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *