लिमासोल र पापोस क्वारेन्टाइन, कठोर नियम लागु

शेयर गर्नुहोस्

समिम मियाँ

११ नोभेम्बर २०२० / लिमासोल

साइप्रस सरकारले लिमासोल र पापोस जिल्लालाइ क्वारेन्टाइन गर्ने निर्णय गरेको छ। बिहिबार देखि लागु हुने गरि अब लिमासोल देखि पापोस वा पापोस लिमासोल यात्रा गर्न प्रतिबन्ध गरिएको छ। अक्टोबर २८ दखि आज सम्म करिब ७०% कोरोनाका बिरामी लिमासोल र पापोसबाट भेटिएका कारण यी दुइ जिल्लालाई १८ दिनका लागि क्वारेन्टाइन गरिने भएको हो। यसका साथै सरकारले यी दुइ शहरका लागि विभिन्न कठोर नियम पनि घोषणा गरेको छ। नियम अनुसार बेलुका ८ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुने छ।

पापोस र लिमासोलमा नोभेम्बर १२ देखि नोभेम्बर ३० तारिख सम्म यी नियम लागू रहने छन् ।

एयर्पोट देखि लिमासोल/ पापोस र लिमासोल/पापोस देखि एअरपोर्ट जाने आउने यात्रुका लागि भने प्रमाण देखाइ कर्फ्युको समयमा पनि यात्रा गर्न सक्नेछन् ।

सार्वजनिक स्थलमा प्रतिबन्ध गरिएको छ । सार्वजनिक स्थान भन्नाले पार्क,स्क्वायर, ड्याम, पिनकिन एरिया, मरिना तथा समुन्द्री तट हरु पर्दछन् । त्यस्तै यी एरियामा खेल सम्बन्धित कृयाकलाप छन् भने २ जना भन्दा बढी जान मनाही गरिएको छ। तर चिनेजानेका साथीभाइका घरमा बढीमा १० जना भेला हुन भने पाइनेछ । त्यस्तै, चर्च लगायतका धार्मिक स्थानहरुमा मा भक्तजन बिना सन्चालन गर्न सकिनेछ भने बिवाह, भोज वा अन्तिम सस्कार मा १० जना मात्र सहभागी हुन सकिने छ।
बिवाह लगायतका अन्य कार्यक्रममा खाना वा डिनर आयोजना गर्न मनाही गरिएको छ यदपी घर मा गरिएको भोजमा भने बढिमा १० जना मात्र सहभागी हुन पाइने छ।
किन्डरगार्डनहरु भने दैनिक झै सन्चालन हुनेछन् भने प्राइभेट र सरकारी उच्च शैक्षिक संस्थाहरु आगामी १६ तारिख बाट अनलाइन बाट मात्र सन्चलान हुने छन् ।
सरकारी, अर्ध सरकारी र स्थानीय प्रशासनले अत्यावश्यक सेवा वा इमर्जेन्सी मा मात्र सेवा दिने छन् । दैनिक आवस्यक पर्ने सेवाका सम्बन्धमा भने आवश्यक प्रोटोकोल पालना गरि सधै जस्तै सेवा सन्चालनमा रहनेछन् । दैनिक आवश्यक सेवा भनेको बिजुली , पानी, ईन्टरनेट, टेलिफोन लगायतका सेवा हरु हुन् । यस्ता सेवा प्रदायकमा काम नगर्नेहरु ले भने “वर्क फ्रम होम” गर्न सक्नेछन् ।

घोषणा अनुसार, रेस्टुरेन्ट, क्याफे, पिज्जारिया, पब, खाजाघर, बार, क्यान्टिन भित्रका भएका, स्पोर्ट्स क्लब, कल्चरल क्लब, वा अन्य क्लब भित्र भएका रेस्टुरेन्ट ले “होम डेलिभरी वा टेक अवे ” मात्र सन्चालन गर्न पाउने छन । तर कर्फ्यु लागू भए पछि भने होम डेलिभरी सेवा मात्र चालू रहनेछन्।
होटल भित्र वा पर्यटन आवास भित्र रहेका “डाइनिङ एरिया” राती १०:३० बजे सम्म मात्र खुल्ला राख्न सकिने बताइएको छ ।
चलचित्र हल, भित्री वा खुल्ला थियटर वा एम्पिठियटर को सबै कार्य स्थगित गरिएको छ । त्यस्तै, मार्केट हरु पनि 50% ग्राहकलाई मात्र प्रवेश गराइ सन्चालन गर्न पाउनेछन् यद्यपि प्रोटोकोल भने अनिवार्य मान्नु पर्नेछ ।
सार्वजनिक सवारीसाधनले पनि ५0% यात्रु मात्र राखेर सन्चालन हुन सक्नेछन्

व्युटी सेन्टर र टाटु सेन्टर , कपाल काट्ने पसल, जिम , ड्राइभिङ स्कुल, बेटिङ सप र क्यासिनो र स्विमिङ पुल को सबै कार्य स्थगन गरिएको छ। १८ वर्ष भन्दा कम का लागि आयोजना ह्ह्ने खेलकुद र ट्रैनिङ सम्वन्धीत सबै क्रियाकलाप पनि स्थगित गरिएको छ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *