साइप्रस न्युज

दिपावलीको अवसरमा शुभकामना आदानप्रदान , नेपाली समुदायले कोरोनाबाट सचेत हुनुपर्नेमा जोड

शेयर गर्नुहोस्

युरोप , साईप्रस , विश्वब्यापी महामरी कोरोना भाईरसबाट बांच्नका लागि सबै समुदाय चनाखो हुनुपर्ने साईप्रसबासीहरुले जोड दिएका छन । केही दिन पहिला साईप्रस सरकारले कोरोना भाईरस नियन्त्रणका लागि बनाएको थप नियमहरुलाई अवलम्बन गर्दै सारा नेपालीहरु राज्यको नियम कार्यवन्यन गर्दै अरु साथी भाईहरुलाई समेत सचेत गराउनुपर्नेमा उनिहरुले जोडदिएका छन ।

शनिवार साईप्रस नेपाल डटकमको अयोजना , गैरअवासीय नेपाली सघं साईप्रसको समन्वयमा भएको दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा साईप्रसका विभिन्न समाजिक सघंसस्था एवमं समाजिक अभियान्ताहरुले सो कुरा बताएका हुन । पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सह सम्पादक दिनेश गौतमको संचालनमा भएको कार्यक्रममा साईप्रसको विभिन्न सहरहरुमा केही नेपाली समुदायहरुलाई कोरोना भाईरस लागेको र उहांहरु अहिले आईसोलेसनमा भएको आफुलाई थाहा भएको बताउदै सबै नेपाली समुदायहरु एकआपसमा समाजिक दुरि कायम गरिनुपर्ने समाजिक अभियान्ता धतानन्द पाण्डेले बताउनु भएको छ ।

अभियान्ता पाण्डेले साईप्रसकै निकोसिया सहरमा नेपाली समुदायहरुको उच्च बसोबास रहेको र भोली आईतवार नेपालीहरुको जमघट हुने भएकोले सबैले आपसी समाजिक दुरी बनाउनु पर्ने वा घरमै बसेर आफनो र आफनो साथीहरुको सुरक्षा गर्नुे पर्ने बताए । उता फापोस सहरमा सरकारले लकडाउन गरेकोले यहा रहेका नेपाली समुदायहरु सुरक्षित भएको महसुस गरेको तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंले बताउनु भयो ।

अध्यक्ष गुरुगंले कोभिडले गर्दा यसपालि घरैबाट तिहारको शुभकामना लिनदिनका लागि सबै नेपाली समुदायहरुलाई अनुरोध गरेकी हुन । यस्तै कोभिडले गर्दा साईप्रसमा रहेका विद्यार्थीहरु सबै भन्दा बढि समास्यामा परेको र कोरोना भाईरसको सिकार पनि नेपाली विद्यार्थीहरु हुने भएकाले सबै विद्यार्थीहरु सचेत हुनुपर्ने किरात याक्थुङ चुम्लुङ साइप्रसका सदस्य डिबि सन्वा लिम्बुले आग्रह गर्नु भयो ।

दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा शेर्पा किदुक साईप्रसकी नवनिर्वाचित अध्यक्ष निमदिकी शेर्पा , नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन तामाङ , सुनी तामाङ , नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्याल , सहमहामन्त्रि ईन्दिरा खडका उप्रेति , राप्रपा प्रवासी नेपाली एकता समाज साईप्रसका प्रमुख त्रिविक्रम सिहंलगाएतले आ आफनो धारण राख्नु भएको थियो । कार्यक्रममो प्राविधिक रुपमा बेभ डेभलपर दिपक पालले सहयोग गरेका थिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *