महोत्तरीकी सन्ध्या शर्मा बनिन् मिस नेपाल इन्टरनेसनलको उपाधी,नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड

शेयर गर्नुहोस्

दिनेश गौतम

युरोप , साईप्रस , नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन्।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

त्यस्तै सह(उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् ।

 

कोरोना महामारीका कारण यस वर्ष मिस नेपाल फरक तरिकाले आयोजना गरिएको आयोजक हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले जनाए । ुहामी हरेक वर्ष मिस आयोजना गर्दै आएका छौं । यो वर्ष कोभिडको कठिन परिस्थितिमा पनि मिस नेपाल गर्न सफल भएका छौं । यस वर्ष कोभिडले गर्दा हामीले केही फरक तरिकाले गरेका छौं । ३ हप्ताको भर्चुअल ट्रेनिङ गर्‍यौु उनले भने ।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *