साइप्रस न्युज

युरोपियन देश साईप्रसमा भारतीय समुदायद्धारा मोदी सरकारको विरुद्धमा प्रर्दशन

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप , साईप्रस , भारत सरकारले किसानहरुको मागलाई बेवास्ता गरेको भन्दै युरोपियन देश साईप्रसमा भारतीय समुदायहरुले किसान आन्दोलन प्रति समर्थन जनाउदै प्रर्दशन गरेका छन ।

साईप्रसको निकोसिया सहरमा आइृतवार विहान करिब आठ बजे देखि साढे ११ बजे सम्म साईप्रसको विभिन्न सहरमा बसोबास गरिरहेका भारतीय मुलका समुदायहरुले भारतको दिल्लीमा किसान आन्दोलनलाई प्रधानमन्त्रि नरेन्द्र मोदीको सरकारले कुनै सुनुवाई नगरेको भन्दै आफुहरु प्रर्दशन गरेको पंजाब घर भई विद्यार्थी भिषामा साईप्रस आएका बलविन्द्र सिहंले बताए ।

सिहंका अनुसार आफुहरु पनि किसानहरुको छोराछोरी भएकोले सारा भारतीय किसानहरु आन्दोलनमा ओर्लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारेजको माग गरिरहेको बताए । साईप्रसमा रहेका भारतीय मुलका प्रर्दशनकारीले मोदी सरकारले किसान सम्बन्धि ल्याएको ३ कानुन पास गरेको जुन आफुहरुको विरोधी भएकोले युरोपियन देश साईप्रसमा भारतीय किसानहरुको समर्थनमा प्रर्दशन गरेको दलबीर सिहंले बताए ।

आईतवारको प्रदर्शनको नेतृत्व गरेका दलविर सिहंका अनुसार मोदी सरकारले किसानहरुको माग सुन्नुपर्ने , नया कानुन पास गरेको विधयेक फिर्ता लिनुपर्ने माग गरेका थिए । निकोसियाको बसपार्कमा सयौको संख्यामा भारतीय समुदायहरुले किसान छैन भने खाना छैन , जिवन छैन , किसान बचाऊ , मोदी सरकार मुर्दाबाद आदी लगाएतका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

भारतको नया दिल्लीमा विगत १० दिन देखि भारतको विभिन्न राज्यबाट आएका किसानहरुले सरकारको विरोधमा सडकमै डेरा बसेर विरोध गरिरहेका छन । यसबेला भारतमा किसान आन्दोलन चर्किरहेको छ । दश दिनदेखि राजधानी नयाँ दिल्लीका सडकमा किसानहरुले डेरानै जमाइरहेका छन् । सडकमा चुल्हो बलिरहेको छ । ती चुल्होमा रोटी पाक्छ । चिया पाक्छ । आन्दोलनरत किसानहरु सडकमै सामुहिक रुपमा भोजन गरिरहेका भेटिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *