देश विदेशसाइप्रस न्युज

ईयूले भन्यो : नेपालको हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भयो

शेयर गर्नुहोस्

काठमाण्डौ – युरोपेली युनियन ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको छ । हवाई सुरक्षाको क्षेत्रमा नेपालले गरेका पछिल्ला सुधारको प्रशंसा गर्दै ईयूले यस्तो प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको पूर्वसन्ध्यामा ईयूले विज्ञप्तिमार्फत हवाई सुरक्षाको क्षेत्रमा नेपालले बनाएको कानुन र व्यवहारमा देखिएको सुधारले गर्दा यहाँको हवाई क्षेत्रमाथि लगाएको प्रतिबन्ध हटाउने प्रक्रिया सुरु भएको जनाएको हो । यसको लागि तीन चरण पार गर्नुपर्नेछ ।

पहिलो चरण अन्तर्गत बेल्जियमको ब्रसेल्समा प्राविधिक कमिटिको बैठक हुनेछ ।

दोस्रो चरणमा युरोपेली युनियनको हवाई सुरक्षा एजेन्सीका विज्ञ तथा प्राविधिकले नेपालको भ्रमण गर्नेछन् । ईयूका सदस्य देशबाट हुने यो भ्रमणले नेपालले हवाई सुरक्षाको लागि ईयूका मापदण्ड पूरा गरे/नगरेको हेर्नेछन् ।

नेपालले गरेका प्रतिबद्धता कार्यान्वयनको अवस्था र स्थलगत अनुगमन टोलीको रिपोर्टका आधारमा तेस्रो चरणमा नेपालमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ईयूको हवाई सुरक्षाका समितिमा पेस हुनेछ ।

नेपालले हवाई सुरक्षामा लापर्बाही गरेको भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *