१६ हजार कोरोना संक्रमित, बुधबार थप एक को मृत्यु

शेयर गर्नुहोस्

समिम मियाँ

१६ डिसेम्बर २०२०/ लिमासोल

साइप्रसमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८५ पुगेको छ।  कोरोनका कारण बुधबार पनि एक वृद्धले ज्यान गुमाए।  संक्रमण कुन स्तरमा फैलिदो छ भनेर हेर्ने हो भने दैनिक भैरहेको टेस्टको नतिजा र असपतालमा भर्ना भएका बिरामी हेर्दा स्पस्ट देखिन्छ।  देश भरिका अस्पतालमा १२५ जना भर्ना छन् जसमध्य २६ जनाको अवस्था गम्भीर रहेको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ४०१ मा कोरोना पुष्टी भएको जानकारी दिएको छ।  हिजो र्र्यापिड टेस्ट मा पोजेटिभ आएका मध्य १८० जनाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको हो। देश भरिका ल्याबमा ४५१० पिसिआर टेस्ट गरिएको बताइएको छ।

आज गरिएको ७८४८ र्र्यापिड टेस्ट बाट पनि २२० को रिपोर्ट पोजेटिभ छ जसलाई पिसिआर गरेर मात्र पुस्टि गरिने बताइएको छ।  गत मार्च देखि आज सम्म १६,१९० जना संक्रमित भैसकेका छन्।

यता, नेपाली समुदायमा पनि कोरोना फैलिरहेको छ।  हाल सम्म ५० भन्दा बढी नेपालीलाइ संक्रमण भैसकेको छ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *