शुक्रबार ४१० मा कोरोना, थप २ को ज्यान गयो

शेयर गर्नुहोस्

१८ डिसेम्बर २०२०/ लिमासोल

कोरोनाका कारण आज थप २ ले ज्यान गुमेका छन्।  ६१ र ८९ वर्षका २ पुरुषको मृत्यु भएको हो।  ६१ वर्षीय पुरुषलाइ कोरोना संक्रमण भएपछी आइ सी यु मा भर्ना गरिएको थियो उनको निकोसिया जेनेरल हस्पिटलमा मृत्यु भएको हो।  साइप्रसमा हाल सम्म ८७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा ४१० मा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  ७९१० र्र्यापिड टेस्टबाट १९९ जना मा पोजेटिभ देखिएको छ जसलाई पिसिआर गरेर मात्र पुष्टी गरिने मन्त्रालयले जनाएको छ।  आज ४१३२ पिसीआर टेस्ट गरिएको थियो।  आजको नयाँ तथ्यांक संहित कोरोना संक्रमित को जम्मा संख्या १७,०५७ पुगेको छ।

त्यस्तै, आज २ नेपाली  विधार्थीमा पनि कोरोना संक्रमण भएको निकोसियाबाट पत्रकार दिनेश गौतम ले जानकारी दिएका छन्।  हाल सम्म ५० भन्दा बढी नेपालीमा संक्रमण पुष्टी भएको छ भने ११ जना निको भएको पत्रकार गौतमले बताए।  संक्रमित सबै को अवस्था स्थिर रहेकोले आत्तिनु पर्ने अवस्था नरहेको जानकारी दिदै सबै नेपालीले सतर्कता अपनाउन अनुरोध गरेका छन्।

एक हप्ताको र्यापिड एण्टिजेन टेस्टको नतिजा हेर्ने हो भने निकोसियामा संक्रमण धेरै रहेको देखिएको छ।  आजाको टेस्टमा पनि ८७ जना निकोसिया, ६० जना लार्नाका, २५ जना लिमासोल र पापोस मा ७ जनामा पोजेटिभ देखिएको हो।

 

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *