साइप्रस न्युज

मृतक रोशन अधिकारीको अन्तेष्टि आइतबार हुने, परिवारले उतै अन्तेष्टि गर्न किन भने ?

शेयर गर्नुहोस्

१९  डिसेम्बर २०२०/ लिमासोल

गत महिना आत्महत्या गरेका अन्नपूर्ण गाउँपालिका वार्ड २ कास्कीका रोशन अधिकारीको दाह संस्कार साइप्रसमा गरिने भएको छ। डिसेम्बर २० आइतबार निकोसियाको स्ट्रोभोलोस सेमेटरीमा  अन्तेष्टि  हुन लागेको हो।

मृतकका परिवारले उतै अन्तेष्टि गर्न भनि  नेपाली दुतावास इजरायलमा पत्र पठाए पछि निकोसिया स्थित अवैतनिक महावाणिज्य दुतावासको  सम्वन्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अन्तिम संस्कार गर्ने  जिम्मा लिएको हो। शव व्यवस्थापनमा लाग्ने खर्चका लागि स्थानिय नेपाली संघसंस्थाहरु संग  आर्थिक सहयोग संकलन गरि दाहसंस्कारको सबै तयारी भै सकेको छ। शव व्यवस्थापनको  सबै कानुनी प्रक्रिया पनि  पुरा  भै सकेको छ।  कोरोना नियम का कारण दाहसंस्कारमा १० जना भन्दा बढी सहभागी हुन नपाइने बाध्यता रहेको छ।

रोशनले किन गरेका थिए आत्महत्या ?

गत वर्ष अक्टोबरमा सिटि युनिटि कलेजमा अध्ययनको लागि आएका अधिकारीले यहाँको  माहोल बुझ्दा नबुझ्दै साइप्रसमा  लकडाउन  जारि भयो। अध्ययन भिसामा आएका  विधार्थीले हप्तामा 20 घण्टा मात्र काम गर्न पाउने नियम छ। काकाको छोराहरु संगै बस्दै आएका उनि  पार्ट टाइम कामको खोजीमा रहेका बेला लकडाउन एउटा खडेरी नै बन्न पुग्यो। अन्धा  बुवा, ८४ वर्षका वृद्ध हजुरवुवा, जेनतेन घर सम्हालेकी कमजोर आमा र ऋण को जिम्मेवारी बोकेको छोराले काम नपाए पछि डिप्रेसनमा परे।   त्यहि डिप्रेसन नै उनको आत्महत्याको कारण बन्न पुग्यो ।

के थियो पृष्टभुमि ? पार्थिव शरीर किन नेपाल लगिएन ? परिवारले उतै अन्तेष्टि गर्न किन भने ?

युट्युब मा मृतकका परिवारको ‘इन्टरभ्यु’ प्रशारण भयो। करुणादायी त्यो भिडियो हेरेर धेरै को मन छोयो।   त्यसको अघिल्लो दिन मात्रै दुतावासमा मन्जुरी पत्र आएको थियो। भिडियो आएपछि सामाजिक संजालमा एउटा बसह चल्यो । मिश्रीत प्रतिक्रिया आए।  विभिन्न अनुमान लगाउन सुरु भयो ।  कतै परिवारको आर्थिक स्थिति कमजोर भएर भनियो त कतै लास पठाउन पैसा नभएर होला भनेर अनुमान लाग्यो तर लासको जिम्मेवारी पाएका काका का छोराहरुको कुरा कोहि ले सुनेनन्। माहोल भावानात्मक वेगमा डुबेको थियो।  आमा को पिडा सायद सबै ले महसुस गरेको हुनु पर्छ त्यसैले होला प्राय: ले नेपाल पठाउने र आर्थिक सहयोग गर्ने बाचा गरे।

तर परिवारको आफ्नै बाध्यता कसले बुज्ने ? कुन बा आमा लाई आफ्नो छोराको मुख हेर्न मन नहुदो हो ? मुटुमा पत्थर राखेर कसरी भने होलान् उतै जलाइदेउ ?

परिवारको सुनौलो भविष्य देखेर रोजगारीका लागि कतार भासिएका रोशनका बाबाको कार्यस्थलमा एक दुर्घटनामा आखाँको ज्योति गुमे पछि देश फर्किए। जोडेको केहि सम्पती उपचारमा सकियो। आर्थिक अवस्था कमजोर भयो।

वृद्ध  हजुर बुबा समय संगै कमजोर थिए।  तरकारी बेचेर आमाले  जेनतेन घर धानेकै थिइन, भाइ  १२ मा पढ्दै थियो।  ऋणको भार र काम नपाउनु को पिडा ले डिप्रेशनमा पुगेका रोशनले ज्यान फालेको खबर पाए पछी आमा ७ दिन सम्म बेहोस रहिन्  । लक्काजवान छोराले धोका दिएको  शोकले कहिले होस् मा आइन कहिले बेहोस रहिन्।

कोरोनाको महामारीमा  के लाश घर सम्म आइपुग्ला ? मुख हेर्न पनि पाइएला त् ? कमजोर भै सकेकी आमाले छोराको मुख देखे पछि फेरी अर्को घटना हुने हो कि भन्ने आशंका, शारीरिक रुपमा कमजोरी भएका वृद्ध हजुर बुबा काजक्रियामा बस्दा केहि पो हुने हो कि भन्ने त्रास  र   केहि समय अघि मृत्यु भएका आफ्नै आफन्तको मुख देख्न नपाएको  पिडामा सहन नसक्ने बज्रपात सम्झेर  परिवार हच्कियो ।

लास आउने प्रक्रिया लामो हुने, पुरिएको घाउ बल्झिने  भए पछि परिवारले गरेको कठोर निर्णय पत्र बनेर साइप्रस आइपुग्यो। सारा आफन्त खलक बसेर गरेको निर्णयमा आमा, बुबा हजुअर बुबा र भाइ ले मन्जुरी दिएर  छिटो भन्दा छिटो साइप्रसमा नै अन्तिम संस्कार गरि “अस्ती” पठाइदिन अनुरोध गरेका छन्।

 

लाशमा पनि राजनीति 

शव व्यवस्थापनको जिम्मा पाएका मृतक का काका छोराहरु मध्य इश्वर अधिकारीले नेपाली राजदुतावास ईजरायल , अबैतानिक महाबाणिज्य दुतावास निकोसिया , गैरआवासीय नेपाली सघंसगं सहकार्य गर्ने विभिन्न सघंसस्थाहरुले शव ब्यवस्थापनका लागि लाग्ने रकम , प्रक्रिया सबै पुरा गरिसकेपछि पनि दुई चार वटा सघंसस्थाहरुले बिभिन्न कारण देखाई विरोध जनाउदै आ आफनो राजनितिक रोटी सेक्न खोजेकोमा दुख ब्यक्त गरेका छन । परिवारको आर्थिक अवस्थालाई ढाल बनाएर रकम उठाउने काम गलत भएको उनि बताउछन। एक डेढ महिनाको समय बितिसके पछि अहिले आएर परिवारको दयनिय आर्थिक स्थितिका कारणले नै लाश नेपाल नपठाइएको भन्ने कुरा झुटो भएको उनले भने ।

“हो परिवारको आर्थिक अवस्था कमजोर छ तर कमजोर आर्थिक अवस्थाले भने शव नपठाईएको भने होइन, परिवारलाई बद्नाम गराउने काम कसैले गर्न पाइदैन ” उनले थपे।

मृतकका अन्कलाका २ छोरा बिकास अधिकारी र सुर्य अधिकारी पनि विधार्थी हुन्। अर्थ संकलन र लासमाथि राजनीति  गरेर विवाद निकाल्नु भन्दा यस्तो घटना  हुन नदिन तिर सबैले ध्यान दिए सबै विधार्थीको  भलो  हुने उनीहरुको धारणा छ।  मृतकको परिवारको सहयोगका लागि विदेशमा रहेका आफन्तले अर्थ संकलन गरि घर निर्माणको काम सुरु भै सकेको पनि जानकारी प्राप्त भएको छ।

आर्थिक सहयोग संकलन नगर्न अपिल

अन्नपूर्ण गाउपालिका २ नम्बर वडा कार्यालयले मृतक रोशन अधिकारीको शव व्यवस्थापन र सदागत को लागि आर्थिक सहयोग  संकलन नगर्न अनुरोध गरेको छ।  अवैतनिक वाणिज्यदुतको  सम्वन्य र एनआरएन साइप्रसको सहयोगमा आवश्यक रकम संकलन भै सकेको हुनाले कुनै पनि संघसंस्था वा निकायले आर्थिक सहयोग संकलन नगर्न अनुरोध गरेको छ।  सो पत्रलाई नेपाली कन्सुलर डा रामजीवन पंजियारले फेसबुकबाट पनि प्रकाशन गर्नु भएको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *