प्रधानमन्त्रीविरुद्ध अखिल सडकमा

शेयर गर्नुहोस्

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरुद्ध सिन्धुपाल्चोकमा उनकै पार्टी नेकपाका विद्यार्थी सडकमा उत्रिएका छन्। नेकपा निकट अनेरास्ववियुले आइतबार साँझ सदरमुकाम चौतारामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको कदमलाई अखिलले प्रतिगमनको संज्ञा दियो। कालो व्यानरसहित विद्यार्थीको जुलुसले सरकारको कदम विरुद्ध चर्का नारावाजी गर्दै सदरमुकाम चौतारा बजार परिक्रमा ग¥यो। प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएको भन्दै उनीहरुले तत्काल खारेजीको मागसमेत गरे। विद्यार्थीको जुलुसमा मिसिँदै नेकपाका नेताहरुले समेत ऐक्यवद्धता जनाएका थिए।

श्रोत: नागरिक

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *