देश विदेश

संसद विघटनविरुद्ध नेकपा, कांग्रेस र जसपाले संयुक्त प्रतिवाद गर्ने

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध संयुक्त रुपमा प्रतिपाद गर्ने भएका छन्।  

संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भन्दै  संयुक्त रुपमा प्रतिपाद गर्ने भएका हुन् । आज कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको तीन दलको बैठकमा सहमति गरेको हो । 

बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ  ‘प्रकाश’ र देव गुरुङ थिए। त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा.बाबुराम भट्टराई र राजेन्द्र महतो बैठकमा उपस्थित थिए। 

प्रकाशित: ५ पुस २०७७ १९:३४ आइतबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *