देश विदेश

कम्युनिस्ट आन्दाेलन समाप्त गरेकाेमा ओली र भण्डारीलाई बधाई दिऔँ : रामकुमारी झाँक्री

शेयर गर्नुहोस्

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि नेतृ रामकुमारी झाँक्रीले चर्काे आलाेचना गर्नुभएकाे छ । 

उहाँले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री र राष्ट्रपतिले कम्युनिस्ट आन्दाेलन समाप्त गरेकाे बताउनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘केपी ओली र विधा भण्डारीलाई बधाई दिउँ, कम्युनिस्ट आन्दोलन समाप्त गरेकोमा ।’

साथै उहाँले फेरि एक पटक लाेकतान्त्रिक गणतन्त्रकाे लागि लड्न आह्वान गर्नुभएकाे छ । 

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियाे । दिउँसाे त्याे प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्नुभएकाे हाे ।   


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *