देश विदेश

पूर्वमाओवादीबाट बादल र भट्टको विद्रोह

शेयर गर्नुहोस्

काठमाडौं। पूर्व माओवादीबाट रामबहादुर थापा बादल र लेखराज भट्टले विद्रोह गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डसँगको शक्ति संघर्षको उत्कर्षमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि बादल र भट्टले आफूहरुको धार प्रस्ट पारेका हुन् ।

हिजो मात्र बादल निवास पुल्चोक पुगेर प्रधानमन्त्री ओलीले बादललाई ‘कित्ता क्लियर’ गर्न भनेका थिए । उता भट्टलाई प्रचण्डले ‘कित्ता क्लियर’ गर्न भनेका थिए । जवाफमा आज दुवैले कित्ता क्लियर गरेर प्रधानमन्त्री ओलीको पक्षमा रहेको प्रस्ट पारेका हुन् ।

आज ओलीसँग असन्तुष्ट मन्त्रीहरुले सामूहिक राजीनामा दिए । यो सूचीमा पूर्व माओवादीका मन्त्रीहरु मात्रै हुने अनुमान गरिएको थियो तर त्यसको विपरित पूर्व एमाले मन्त्रीहरुले बरु राजीनामा दिए तर पूर्व माओवादीका बादल र भट्टले राजीनामा दिएनन् ।

पूर्व एमालेका मन्त्रीहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिए। पूर्व एमाले योगेश भट्टराई र घनश्याम भुसालले राजीनामा दिँदा पूर्व माओवादीका रामबदुर थापा बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *