देश विदेश

संसद् विघटनपछि प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरू राजीनामा दिने तयारीमा

शेयर गर्नुहोस्

काठमाण्डाै –  संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।  

पूर्वमाओवादी पक्षका उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, श्रममन्त्री रामेश्वरराय यादव र नेता नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् । 

बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णय सुनाएपछि मन्त्रीहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, वर्षमान पुनलगायतले विरोध गरेका थिए ।         


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *