देश विदेश

कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

शेयर गर्नुहोस्

पेरिस । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भईसकेको छ । अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ । त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ ।

गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५ हजार २१३ जनाको मृत्यु भएको छ । इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *