सात जना मन्त्रीको राजीनामा

शेयर गर्नुहोस्

काठमाण्डाै – संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

सिंहदरबारभित्रको कृषि समितिको हलमा कार्यक्रम गरेर उनीहरूले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएकाे हाे । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *