देश विदेश

सत्ता र सुविधाको लुछाचुँडीका निम्ति संसद विघटनको प्रतिगामी कदम : क्रान्तिकारी माओवादी

शेयर गर्नुहोस्

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत तय गर्नु प्रतिगामी कदम रहेको बताएको छ। आज विज्ञप्ति जारी गर्दै सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरु भएको अन्तरकलह र कचिङ्गल संसद विघटनको सिफारिस गर्ने हदसम्म निर्णय गरी मध्यावधि निर्वाचनको तिथिमितिसमेत घोषणा गर्नु  प्रतिगामी कदम रहेको बताएको हो।  

‘देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो। संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ।  

नेकपाले सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना भएकोले यसलाई आम जनताले मनन गर्न जरुरी रहेको बताएको छ। 

प्रकाशित: ५ पुस २०७७ १७:४१ आइतबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *