कोरोनाभाइरस :- नेपालमा थप तीन जनामा सङ्क्रमण, पहिलो पटक स्थानीय रूपमा सरेको पुष्टि

शेयर गर्नुहोस्

स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत् नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ।
तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्।
कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको छ,ू स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा। खेम कार्कीले हामीलाई जानकारी दिए ।
ती महिला ३४ वर्षकी भएको बताइएको छ।
डा.कार्कीका अनुसार स्थानीय स्तरमा भाइरस सरेको पाइएपछि विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड(१९ )महामारी नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *