साइप्रस न्युज

साईप्रसमा राहत वितरण कार्य तिब्र, २ सय ५६ जनालाई राहत वितरण

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप साईप्रस , १० अप्रिल २०२०
, विश्वमाहामारी कोरोना भाईरसबाट साईप्रसमा प्रभावित नेपाली विद्यार्थी एवम् केही कामदारहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले सहयोग कार्य जारी राखेका छन । नेपाली समुदायको एकताको सन्देश तथा मानवताको भुमिकालाई अझै मजबुत बनाउने उद्देश्यका साथ अबैतानिक नेपाली बाणिज्य दुतको निगरानी तथा गैर अवासिया नेपाली सघं साईप्रसको सम्योज्कत्व र नेपाल मगर सघं , शेर्पा केदुक , किरात राई यायोख्खा , राष्टिय जनमुक्ति मचं ,किरात याक्थुगं चुम्लुङ , तामाङ बौद्ध महासघं , ह्याल्मो एकता समाज , सघिंय लिम्बुवान समाजिक मचं , चितवन समाज , प्रवासी नेपाली एकता मचं लगाएतका विभिन्न सघंसस्थाहरुको अगुवाईमा आज शुक्रवार सम्म एक सय ५६ जना विद्यार्थीहरु तथा कामदारहरुलाई राहत वितरण गरिएको एन.आर.एन.ए. साईप्रसका महासचिव कृप थापाले जानकारी दिनुभएको छ । उहाका अनुसार आफुहरुले पहिलो चरणमा लगभग तिन सयको हाराहारीमा आफुहरुसगं नाम दर्ता गरिएकाहरुलाई राहत वितरण गरिने योजना रहेको बताए ।

राहत समाग्रीका लागि प्रयोग गरिएका गाडीहरु.. फोटो :- एन.आर.एन.ए.साईप्रस

साईप्रसमा अहिले राहतका समाग्रिहरुको पनि अभाव भैरहेकोले केही ढिलो भएको बताउदै सकभर आफुहरु कोरोनाको मारमा रहेका विद्यार्थी एवमं कामदारहरुको घरमै गएर वितरण गरिरहेको बताउदै कोही आफुहरु यहाको सरकारको नियमको पालना गर्दै हरेक कुरामा सेफ्टी अपनाएको जानकारी दिए ।

थापाका अनुसार आज शुक्रवार साईप्रसको लिमासोल सहरमा बार्षाका बावजुद २३ जना विद्यार्थीहरुलाई राहत वितरण गरिएका जानकारी दिए ।

त्यस्तै शनिवार पाफोस सहरमा रहेका पिडितहरुलाई राहत वितरण गरिने र फेरि लिमासोलमा बाकी रहेकाहरुलाई वितरण गरि निकोसिया फर्किने थापाको भनाई छ । पहिलो चरणमा आफुहरुले धेरै जनालाई राहत वितरण गरिहेकोले आफुहरुलाई आर्थिक अभावका कारण दोस्रो चरणको राहत कार्यक्रमका बारेमा अहिले नै केही भन्न नमिल्ने थापाले साईप्रस नेपाल डट कमलाई जानकारी दिएका छन ।
उता केही दिन पहिला नेपाली जनसम्पर्क समिति साईप्रसले पहिलो चरणको राहत ३० जना विद्यार्थीहरुलाई तिरण गरिसकेको समाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएको छ र छिट्टै दोस्रो चरणको राहत कार्यक्रम लिएर आउने जानकारी गराएको छ ।

त्यस्तै साईप्रसमा रहेका सेफ्नो टि.भिले पनि यहा रहेका केही युवा समाजसेबीहरुको पहलमा राहत वितरण गरेको छ । सेफ्नो टि.भि.का सचांलक आत्मध्वाजको नेतृत्वमा आर्थिक संकलन र युवा समाजसेबी बिकास श्रेष्ठको भौतिक सहयोग , जित बहादुर रावत ,रुपक दहाल लगाएतले ७० देखि ८० जना विद्यार्थीहरुलाई सहयोग गरेका श्रेष्ठले जानकारी दिए ।
साईप्रस देशमा अहिले लगभग १२ देखि १३ हजारको संख्यामा नेपालीहरु बसोबास गरिहरको र यसमा लगभग सात देखि आठ हजारको हाराहारीमा नेपालीहरु घरेलु तथा होटेल रेस्टुरेन्टहरुमा काम गरिरहेका छन । यस मध्ये सबै भन्दा बढि पिडित पार्ट टाईम काम गरिहेका विद्यार्थीहरु र नया आएका केही विद्यार्थीहरु प्रत्यक्ष प्रभावित भएका छन ।

उनिहरुमा अहिले खानाको सबै भन्दा बढि समास्या रहेको छ भने घरभाडाको पनि त्यत्तिकै समास्या रहेको र यसका बारेमा साईप्रस सरकारले अन्र्तराष्ट्यि विद्यार्थीहरुको घर भाडाका सम्बन्धमा केही गर्छकी ? भन्ने आझै आशा पलाएको यहा रहेका केही नेपाली विद्यार्थीहरुको विश्वास रहेको छ । यस्तो राहतले आफुहरुको तत्कालका लागि समास्या हटेपनि यहा रहेका नेपाली समुदायका पिडित विद्यार्थी एवम् कामदारहरुका बारेमा नेपाल सरकारले उचित कदम चाल्नु पर्ने विद्यार्थी एवम् गायक समर क्षेत्रीको भनाई छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *