साइप्रस न्युज

कोरोना भाइरसले युरोपको सबै भन्दा बढि साइप्रसका नेपाली विद्यार्थीमा असर

शेयर गर्नुहोस्
कृप थापा

अहिले विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीनमा नियन्त्रणमा आइसकेको छ भने इटाली अहिले यसको चरम चपेटामा छ। त्यस्तै युरोप, अमेरिका र मध्य पूर्वमा यो तीव्र दरले फैलने क्रममा जारीनै छ ।हाल विश्वभरीमा फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।

यो लेख तयार तयार लेख्दै जादा हाल साइप्रसमा  हाल सम्म १२ हजार देखी १३ हजारको हाराहारी नेपाली विद्यार्थी र कामदार बसेरहेका छौ। आजको मिति सम्म नेपाली दाजुभाइ तथा दिदिबहिनी भौतिक रुपमा केही नोक्सानी नभएपनि यसको सामाजिक र आर्थिक असर पर्न सुरु भए सकेको छ। साइप्रसमा ५६४  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ११ जनाको निधन भएसकिको छ र ५३  जना सन्चो भएर घर फर्खिए सकेका छ्न तर कोरोना भाइरसको संक्रमण फैलिन नदिन साइप्रस सरकारले प्राय स्कुल, कलेज, सपिङ्ग मल, पसलहरू सिनेमाहल, थिएटर, लाईब्रेरी, क्यासिनो तथा बेटिङ सेन्टर बाजी लगाउने ठाउँ, पुरातात्त्विक स्थानहरू, डिपार्टमेन्ट स्टोर, थिम पार्क सङ्ग्रहालयहरू, क्याफे तथा कफी सफ, होटेल र रेस्टुरेन्टर बारहरू अप्रिल ३० गरे सम्म बन्द गरेको छ। त्यसको मार तिनमा काम गर्ने कामदारहरूको अवस्था नाजुक  देखिएको छ ।

यस परिस्थितिमा नागरिकको लागि दैनिक उपभोग्य वस्तु तथा सेवाको नियमित आपुर्तिको लागि मुख्य र ठूला व्यापारीक केन्द्र ,औषधालयहरु,वित्तीय संस्थाहरु आदि सरकारी सुरक्षाको नियमन र निगरानीमा मात्र खुलेका छन र अधिकांस रोजगारदाता उद्योग व्यवसायहरु अर्को सरकारी सुचना नआउञ्जेल सम्मका लागि बन्द गरिएका छन ।कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने पारेको छ । साइप्रसमा पनि केही प्रभाव भइसकेका छन्। कोरोना भाइरसले अत्यावश्यक बस्तुहरु चामल, तेल, दाल जस्ता बस्तुको पहिलो भन्दा महँगो हुँदै गएको छ ।

साइप्रसमा खाद्यान्न गोदामहरुको बस्तुहरु निकै प्रबाह परेको छ । किनकी समानहरु केही समयको लागि सिमित रहेको हुन्छ किनकि लकडाउन भएपछी अत्यावश्यक बस्तुहरु खेर गएरहेको छ। म केही सामान संकलन गर्ने जादाँ धेरै कम्पनीको साहुहरुले आ आफ्नु दुखेसो फोखिका छन । र अर्को प्रबाह तेल जस्ता बस्तुहरु पनि देखा परेको छ ।एसियन मानिसहरुलाई एकदमै मन पर्ने एक जो स्वेबिन जुन बजारमा पाउन छोडिसको छ।

दाङ घर भएकी कार्की भन्छिन् , उनी कृषीमा काम गर्दै आएकी थिएन अहिले कोरोना भाइरसको कारणले उहालाई साहुले निकाल दिएको छ । उनीको एक बर्षको भिसा छ तर अहिले उनी अहिले काम गर्दै आएकी छ महिना भयो। कोरोना प्रबाहले व्यवसाय नै बन्द भएपछि साहुले पनि पैसा दिन नसक्ने भए पछि अहिले उनी साथीभाइ संग बस्दै आएकी छन ।

झापा घर भएकी सोभा भन्छिन् ,उनी साइप्रस कामदार भिसामा आएकी दुई वर्ष भयो , उनी घरमा काम गर्ने अहिले उनलाई बाहिर बस्न भनेर घर बाट निकाल दिएको छ किनकी उहाँलाई उहाँको साहुलाई कोरोना भाइरस नियन्त्रण भए सकिपछी आउनु भनिको छ । उनी पनि बाहिर दिदिबहिनीहरु संगै बस्दै आउनु भएको छ। अहिले उहाँलाई पनि गाँस र कपास चिन्ता संगै उहाँलाई साहुले काममा बोलाउन्छ कि नाई चिन्ताले पिरोलिएका छ।

सुदिप भन्छन, उनि साइप्रसमा बिद्यार्थी भिसामा कलेजमा आइनु भएको नौ महिना भयो , उनि अहिले सम्म साइप्रसमा काम नपाएर घर जान तरखरमा थिय र घर जानको लागि क्ष्ःइ फर्मको उत्तरको पर्खाइमा थिय, एका एक कोरोना भाइरस महामारीको रुप लिए पछि उनी अहिले बन्द कोठामा छन उनी जस्ता धेरै नेपाली विद्यार्थी रहेका छन । उनी अहिले कसरी बस्ने , घरभाडा आदि लगाएत कसरी तिर्न चिन्तामा छन।

सरोज भन्छन् ,सबै संघसंस्थाहरुलाई मेरो मात्र नभइ सबै विद्यार्थी साथीहरूको कुरा हो , यो विपत्ति मा काम छैन घर भित्र बस्नु परेको छ , नबस्नु पनि कसरी यो आफै पनि बुझिबुझि बुझ् पचाउने कुरै भएन । त्यसपछि अर्को कुरा विद्यार्थीले भर्ना गर्नुपर्ने हुन्छ , फरकफरक इन्टेक मा आएका विद्यार्थी आफू आएको इन्टेक मा भर्ना गर्नु पर्ने हुन्छ ,भर्ना गरेन भने कलेजले भिसा रिन्यु गर्दैन , भिसा रिन्यु भएन भने इलिगल हुन्छ, इलिगल भए यहाँको सरकारले नेपाल पठाइदिन्छ । यदि यस्तो अबस्थामा पैसा नभएर भर्ना गर्न सकिएन भने नेपाल फर्किने होकी भन्ने म जस्ता धेरै विद्यार्थीको चासो र चिन्ता रहेको छ ।

नेपाल सरकार मार्फत यहाँ रहेका विद्यार्थीका लागि साइप्रस सरकारलाई घर भाडा र कलेज फि को लागि राहत प्याकेज ल्याउने वातावरण मिलाइदिन विनम्र अनुरोध गर्दछौं ।विद्यार्थीलाई भाडा, बिजुली , पानी जस्ता सरकारी बिल तिर्न धेरै गार्‍हो भएको छ । म सबै संघसंस्थालाई एउटा आग्रह गर्न चाहन्छु । तपाईंहरुले पीडित विद्यार्थीलाई राहत वितरण गर्नु भयो त्यसको लागि लाखौंलाख धन्यवाद दिन चाहन्छु । तपाईंले दिएको राहतले केही दिन भोक टार्न सकिएला तर घर भाडाले गर्दा धेरै जना विचलित छन ।

भाडा तिर्न सकिएन भने घर धनिले निकालिदिन्छ । घरबाट निकाल्यो भने के गर्ने होला कहाँ जानेहोला यो महामारीको को अबस्थामा विश्वभरि लकडाउन चलिरहेको बेला रोडमा जाम पुलिसले फाइन हान्ने डर छ घरमा बस्नलाई भाडा तिर्न नसकेर घर मालिकले निकालिदिएको छ कहाँ जाने भन्ने कुराले पिरोलिएका छन ।

सम्पूर्ण संघसंस्थाहरुलाई मेरो आग्रह हामी विद्यार्थीको घर भाडाको कुरालाई एकपटक गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ । एन आर एन ए साइप्रस लगाएत सम्पूर्ण संस्थामार्फत हाम्रो होनरी कन्सुलर निकोसिया र नेपाली राजदुतावास इजरायल लाई जानकारी गराएर नेपाल सरकार मार्फत यहा रहेको समास्यालाई सरकार सरकार विच समाधान खोजिनु पर्ने हुन्छ  ।

यहाँ रहेका विद्यार्थीको लागि केही महिनाको लागि घर भाडामा राहत प्याकेज र भिसा रिन्यु गर्न कलेजमा समेत राहत प्याकेज को वातावरण सृजना गर्न पहल गरिदिनु हुन्थ्यो कि ?  उहाँ जस्ता धेरै विद्यार्थीको चिन्ताको बिषय हो । सबै सस्थाहरु एक जुट भएर विद्यार्थीको समस्या समाधानको लागि राहत वितरण गर्नु भएको छ । यो एकदमै सर्हानी काम हो । हाम्रो आशा छ अब आउने दिनहरुमा सबै सस्थाले यो एक भएर आवज उठाउनु हुन्छ भने म जस्ता हजारौं विद्यार्थी आशा राकेका छौ।

त्यसैले कोरोनाको रोकथाम र यसले हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ।

स्वभाविक रुपमा पुराना र भर्खरै साइप्रस पढ्न आएका विद्यार्थीलाई लगभग चार हजारको हाराहारी मा विभिन्न कलेज र क्षेत्रमा रहेको छन कोरोना भाइरस संकटमा विद्यार्थी मार निकै पर्न गएको छ यसै कुरालाई मध्यनजर गरेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस संगै सहकार्य गरेका संघ र संस्थाहरुको अति जोखिममा परेका विद्यार्थीलाई राहत प्याकेज वितरण गर्न गए रहेको छ ।कोरोना भाइरसले यस्तै रुप लियो भने आउने दिनहरुमा यस्को निराकरण कसरी गर्ने सकिन्छ भने सबै म जस्ता आम विद्यार्थी चिन्ताको विषय हो भनेको छ ।
साइप्रसमा रहुने हुने विद्यार्थीको लागि होस वा कामदार आउने समस्याको बारेमा यहाँ निकायहरु र नेपाल सरकार चिन्तन नदेख्दा आम सबै नेपाली चिन्ताको पेरोल्यको छ। किनकि यति खेर नेपाल सरकारको आफ्नु नागरिकहरुको  उत्तिकै चिन्ता र चासोको विषय हो । आज साइप्रसमा आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र केही संघ संस्थाले साइप्रसमा पर्न गएको रहेको विद्यार्थी समस्याको बारे साइप्रसमा भएका संघ संस्थाले विषयबस्तुहरु उठान गरेर नेपाल सरकारलाई बुझाउने पर्ने , कहिले सम्म संघसंगठनले आवजहरु उठाउने  ? नेपाल सरकारको नजर साइप्रसमा रहेका नेपाली  नागरिक तर्फ कहिले जाला ?  भन्ने प्रश्व उठेको छ ।  


अहिले गाँसको समस्या आएसकेको छ भने जुन समस्या को समाधानको लागि विभिन्न सस्थाले दिदै छ भने आउने दिनहरु कस्तो रुप लिन सकिन्छ भन्ने चिन्ताको बिषय हो । अब यस्तै हो भने विद्यार्थी दाजुभाई दिदिबहिनी भाडा , बिजुली बिल र पानीको बिल साइप्रस कसरी तिनु हुन्छ र जुन हामी मध्यम बर्ग विद्यार्थी पढन र रोजगार गरेर सुनौला सपना बुनेर आएका छौ त्यस माथी साहू लोन र चर्को ब्याज माथी विद्यार्थीहरु चपटेमा परेका छन , साइप्रसमा पार्ट टाइम जागिर गरेर गाँस, बाँस र कपास जोहो तोहो गरिरहेका थियौ  ।
साइप्रसमा बिद्यार्थीहरुको समस्या कलेज सुल्क कम , भिसा सकेका र नेपाल छुट्टीमा घर गएका विद्यार्थीहरु आउने वातावरण, नेपाल सरकार र संघसंगठनकाले साइप्रस सरकार संग परामर्श गरेर यो महामारी अवस्था घरको बहालमा छुट वा एक दुई महिनाको घरभाडा नलिन , घर जान चाहाने विद्यार्थी को लागि घर जान ब्यबस्था गर्न नेपाल सरकारको आफ्नो नागरिक माथि ध्यान जाहोस।

साइप्रसमा नेपाल कन्सुलेट स्थापना भएको एक दसक भन्दा बडीनै छ र साइप्रस हेर्नुको लागि इजरायल राजदुतावासलाई पनि साइप्रसमा कति विद्यार्थी कति छन् एकिन डाटा समेत अवगत छैन्न ,नेपालीहरू कहा कति बसोबास गरेका छन् दूताबाससँग कुनै एकिन डाटा नहुनु लज्जाको विषय बनेको छ । जब भयो राति तब बुढी ताती भनेझै कोरोनाको भाइरसले माहामारी रुपमा नेपाली समुदायमा छिरेपछी दुतावास नेपालीको तथ्याड्क लिन तम्सियो दिखिएको छ। यो कार्यलाई धन्यवाद दिनु पर्छ।

लेखकको आफनो ब्यक्तिगत भोगाई र देखेका कुरा उल्लेख गरेका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *