साइप्रस न्युज

राहत वितरण कार्य अझै तिब्र, टोली भोली आयानापा जादै

शेयर गर्नुहोस्

दिनेश गौतम
११ अप्रिल २०२०

विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज शनिवार पाफोसमा लगभग ८० जनालाई राहत वितरण गरिएको छ ।


साईप्रसमा रहेका विभिन्न १३ ओटा सघंसस्थाहरुको अगुवाईमा आज मात्रै लगभग ८० जनालाई राहत वितरण गरिएको गैरअवसिया नेपाली सघं साईप्रसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिए । उहाका अनुसार अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा पहिलो चरणको राहत वितरण कार्यक्रम साईप्रसको निकोसिया सहरबाट सुरु गरिएको शुक्रवार लिमासोल हुदै आज शनिवार पाफोसमा वितरण गरिएको जानकारी दिए ।

हिजो बर्षाको वाबजुद लिमासोल शरहमा राहत वितरण गरि त्यहीबाट पाफोस गएका थियौ र आज पाफोसमा हाम्रा प्रतिनिधि राजन श्रेष्ठ र नेपाल मगर सघं साईप्रसका प्रतिनिधिहरुको सहयोगमा राहत वितरण धेरै राम्रो भएको एन.आर.एन.ए. साईप्रसका प्रमुख सल्लाहकार सुबास मल्लले बताए । उहाका अनुसार यो सहयोग यहा साईप्रसमा रहेका सबै सघंसस्थाहरुको विशेष सहयोगमा भईरहेकोमा आफु धेै खुसि भएको बताए । एन.आर.एन.ए. महासचिव कृप थापाले पाफोसमा राहत वितरण कार्यमा सहयोग गर्नु भएको मगर सघंका अध्यक्ष खगेन रानामगर र राजन श्रेष्ठ साथै ईश्वर थापालाई विशेष धन्यबाद समेत दिएका छन ।

भोली आईतवार टोली राहत वितरणका लागि आईयाना शहर जान लागेकोले त्यस क्षेत्रमा रहेका पिडित नाम दर्ता भएकाहरुले आफना आफना प्रतिनिधिहरसगं सम्पर्क राखेर राहत लिईदिनु आग्रह गरिएको थापाको भनाई छ । पिडित विद्यार्थीहरुलाई राहत वितरण योसगै साईप्रस भरीमा रहेका विभिन्न सहयोगी सघंसस्थाहरुद्धारा तिन सय ३६ जना कोरोना भाईरसबाट प्रभावितहरुलाई वितरण गरिएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *