देश विदेश

कोरोना भाइरस: थप ३ मा सङ्क्रमण नेपालमा १२ जना सङ्क्रमित

शेयर गर्नुहोस्

हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणको नतिजालाई टेकुको प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्य मन्त्रालयले थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको औपचारिक जानकारी दिएको छ।

आइतवार दिउसो मन्त्रालयले उसको फेसबुक पेजमा राखेको जानकारीअनुसार वीरगञ्जको छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा तीमध्ये तीनजनामा कोभिड-१९ भेटिएको हो।

उनीहरू ३७, ५५ र ४४ वर्षका पुरुषहरू भएको बताइएको छ।

उनीहरू तीनै जना भारतीय नागरिक भएको नारायणी अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट डा. मदन उपाध्यायले बीबीसीलाई बताए।

उनीहरूलाई शुक्रवारदेखि आइसोलेसनमा राखिएको बताइएको छ।

मन्त्रालयका अनुसार उनीहरूको संसर्गमा आएका तथा उनीहरू गएको स्थान पहिचान गरि परीक्षण गर्ने कार्यहरू भइरहेको छ।

उनीहरू वीरगञ्जमा किन थिए?

सिमानामा लगाइएको रोक र लकडाउनका कारण भारत फर्किन नपाएपछि एक मस्जिदमा बसिरहेका उनीहरूबारे स्थानीयले गराएको जानकारीका आधारमा जाँच गरिएको थियो।

उनीहरूलाई हाल नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा एक्ल्याएर उपचार गरिएको छ।

हाम्रा साईप्रसनेपालडटकमका लागि डा. राम जि रामका अनुसार शनिवार झण्डै तीन दर्जनको सङ्ख्यामा त्यहाँका विभिन्न मस्जिदहरूमा रहेका भारतीय धर्म प्रचारकहरूलाई प्रहरीले खोजी गरेर क्वारन्टीनमा राख्नुका साथै थुप्रैको नमुना सङ्कलन गरिएको थियो।

RSS

विदेशी सङ्क्रमितको पहिलो घटना

नेपालमा विदेशी नागरिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको यो पहिलो घटना हो।

यसअघि नौ जना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको सरकारी विवरण छ।

नौजना सङ्क्रमित नेपालीमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेसनमा अर्थात् अलग्गै राखेर उपचार भइरहेको छ।

तीमध्ये सात जना विदेशबाट आएकाहरू छन् र एउटा घटनामा विदेशबाट आएका व्यक्तिका आफन्तमा सङ्क्रमण सरेको पाइएको छ।

जाँच

नेपालमा २९ चैतसम्म ४४२६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको विवरण छ।

यसअघि सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोभिड-१९ नदेखिएको जनाएको थियो।

अहिले खुला सीमा रहेको भारतसहित तेस्रो मुलुकबाट नेपाली र विदेशी दुवैलाई नेपाल आवागमनमा रोक लगाइएको छ।

नेपाल-भारत सीमामा दुवै देशका नागरिकहरूलाई उनीहरू रहेकै ठाउँमा बस्न भनिएको हुँदा अहिले नेपालतर्फ झण्डै ७०० भारतीय नागरिकहरू क्वारन्टीनमा रहेको बताइन्छ।

भारततर्फ समेत सीमा आसपासमा त्यसैगरी २ हजार १ सय ४७ नेपालीहरू क्वारन्टीनमा छन्।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *