प्रवास

नेपाल पत्रकार महासंघ युरोपद्धारा कोरोनाका विषयमा अन्तरक्रिया

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप साईप्रस । १३ अप्रिल २०२०
! नेपाल पत्रकार महासंघ युरोप शाखाले सोमवार भिडियो कन्फरेन्समार्फत पत्रकारको सुरक्षा र कोरोनाको कहरका विषयमा छलफल गरेको छ । भिडियो अन्तरक्रिया कार्यक्रममार्फत युरोपका विभिन्न देश, बेलायत र कतारका नेपालीको अवस्था, पत्रकारको क्रियाशिलतालगायतका विषयमा छलफल भएको थियो ।

महासघं युरोपका अध्यक्ष केजन राईको नेतृत्वमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको सम्मानमा आयोजित एक मिनेट ताली बजाउने र राष्ट्रिय गान गाउने कार्यक्रमसमेत भिडियो कन्फरेन्समार्फत गरिएको थियो ।

https://www.facebook.com/FNJEuropeChapter/videos/726423407896253/?t=0

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक रोसन पुरी, महासंघका केन्द्रीय सचिव उदय जिएम, महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतम, महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरलगायत विभिन्न देशका सञ्चारकर्मी, एनआरएनएका प्रतिनिधिलगायतका सहभागिता थियो । साथै पत्रकार महासघंले केही दिन अघि देखि नै पत्रकारहरु विच नियमित छलफल तथा अन्र्तक्रिया कार्यक्रम गर्दै आईरहेको छ ।

अन्तरक्रिया कार्यक्रमको संचालन युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल र कार्यसमिति सदस्य रविचन्द्र भट्टराईले गरेका थिए । त्यस्तै महासंघ युरोप शाखाले स्पेनमा बस्ने नेपालीसँग पनि भिडियो अन्तरक्रिया गरेको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *