साइप्रस न्युज

साईप्रसका नेपाली श्रमिक र विद्यार्थीहरुको सवालमा कुटनितिक पहल गर्दै

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप साईप्रस , १४ अप्रिल २०२०

विश्वमहामारी कोरोनाबाट प्रभावित साईप्रसका नेपालीहरुको सवाललाई नेपाल सरकार समक्ष प्राथमिकताका साथ पुर्याएको नेपाली राजदुतावास ईजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे बताएका छन ।

उहाले अहिले साईप्रसमा रहेका खास गरि नेपाली विद्यार्थीहरु कोरोना भाईरसबाट सबै भन्दा बढि पिडित रहेको बताउदै आफुहरु नेपाल सरकार तथा साईप्रस सरकार समक्ष कुटनितिक केही ठोस पहल गर्नका लागि आग्रह गरिरहेको जानकारी दिए ।
आज मगंलवार नेपालीनेपाली डटकमको आयोजना तथा र साईप्रसनेपाल डटकमको संयोजनमा साईप्रसमा नेपाली समुदायहरुको समस्या , अवस्था कस्तो छ ? भनी लाईभ बहसमा घिमिरेले बोल्दै अहिले साईप्रस केही समाजिक सघंसस्थाहरुको सहकार्यमा गैर आवाशिय नेपाली सघं लगाएतले राहत वितरण कार्य गरिरहेकोमा धन्यबाद दिदै एन.आर.एन.ए साईप्रसले यहा रहेका हरेक समस्याहरुलाई समाधान गर्नका लागि आफुहरुलाई चिठी मार्फत सधै जानकारी गराएको बताए ।


उहाले भन्नु भयो ” पहिलाको दुतावासले कसरी काम गरिरहेको थियो त्यसको बारेमा म अध्ययन गरिरहेको छु तर म आफु आए देखि साईप्रसमा रहेका नेपाली होउन वा ईजरायलका सबैको समस्या प्रति सधै गम्भिरताका साथ नेपाल सरकार समक्ष पुर्याउने काम गरेको छु । रह्यो कुरा अहिलेको समयमा साईप्रसमा रहेका नेपाली विद्यार्थी एवम कामदारहरु जो सिधै कोरोना भाईरसको प्रभावमा परिरहेका छन र खास गरि नेपाल जान चाहनेहरुको संख्या बढिरहेको हुनाले आफुहरु यसबारेमा छिट्टै केही जानकारी दिने घिमिरेको भनाई थियो ।

विद्यार्थीहरुका सवालमा आफुहरु केही महिना पहिले साईप्रस भ्रमणका बेला आफनो देशका मन्त्रिको रोहबर मै साईप्रस सरकारसगं कुराकानी भएको , नेपालबाट नो अब्जेक्सन लेटर आदीका बारेमा पनि काम भैरहेको तर पछि कोरोनाले गर्दा कामहरु अगाडि बढन सकेन घिमिरे भन्नु भयो ।

साथै साईप्रसमा रहेका घरेलुकामदारहरुका बारेमा अब ईजरायल दुतावासले अहिले प्राप्त गरिहेको तलब ३०९ युरो वा ३१४ युरोलाई बढाएर कम्तिमा ४०० युरो पुर्‍याउनका लागि गृहकार्य भैरहेको बताए ।


त्यस्तै साईप्रसमा रहेका विभिन्न सामाजिक सघंसस्थाहरुको सहकार्यमा आफुहरु दिनरात गरि राहत वितरण कार्यलाई तिब्रता दिएको बताउदै अब आगामी राहत वितरणका लागि आफुहरुसगं प्रयाप्त रकम नरहेको गैर आवासिया नेपाली सघं साईप्रसका महासचिव कृप थापाले जानकारी दिए ।

थापाले राहत वितरण भन्दा पनि नेपाल सरकारले यहा रहेका नेपालीहरुका बारेमा केही ठोस कदम चाल्नुपर्ने आग्रह गरे ।

राहत वितरणको कार्यले कत्ति दिन चल्छ ? आफुहरु आफनो ज्यानको बाजी मारेर घरघरमा गएर राहत वितरण गर्न जादा केही विद्यार्थी जसलाई राहत चाहिदैन् उहाहरुले पनि राहत लिएकोमा दुःखी भएका बताए ।


यता साईप्रसको लिमासोल सहरबाट साईप्रसनेपाल डटकमका सम्प्पादक समिम मियांँले अहिले साईप्रसमा रहेका घरेलुकामदारहरु सम्झौता भन्दा दुई गुणा बढि काम गरिरहेको बताउदै यस बारेमा नेपाली राजदुतावास गम्भिर बन्नु पर्नै बताए ।

मियांँले अहिले कोरोना भाईरसले गर्दा घरमा काम गर्ने नेपालीहरु जोखिममा रहेको जानकारी दिए ।

उहाले भन्नु भयो ” घरेलु कामदारहरुलाई यहाका मालिकहरुले चाहिने सरसफाई ,सेनिटाईजर , पन्जा आदि पर्याप्त मात्रामा उपलब्ध गराउदैनन् , सबै परिवार घरमै बस्ने भएकाले अहिले कामको चाप बढि भैरहेको छ , तलबका बारेमा दुतावासले पहल गर्नका लागि अगाडी बढनुपर्ने बताए । घर मालिकहरुले कोरोना भाइृरस सम्बन्धि जानकारी मुलक सुचना , सुरक्षाका सामान र प्रयोग विधि बारे खासै जानकारी नगराएकोले आफुहरु असुरक्षित महसुस भएको मियांँको भनाई थियो ।
उता नेपाली विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै विद्यार्थी राजेन्द्र मोक्त्तानले युरोप भरीमा सबै भन्दा बढि पिडित साईप्रसका नेपाली विद्यार्थीहरु भएकोले सबै नेपालीहरु , नेपाल सरकार मिलेर जो विद्यार्थी नेपाल जान चाहेका छन उनिहरुलाई साईप्रसबाट स्वदेश फिर्ताका लागि वातावरण बनाउन पहल गर्न आग्रह गरे ।

मोक्त्तानका अनुसार आफुहरु आए देखि केही नेपाली दलालहरुले साईप्रसमा आउने वित्तकै लुटे , सबै पैसा सकिएको छ , कलेजले भिषा लगाएको छैन , के गर्ने ? फेरी केही बिद्यार्थीहरुलाई कलेजहरुले शुल्क तिर्नाका लागि ताकेता गरेका छन , खाना खाने पैसा छैन , पाएको काम पनि छैन अहिले आफुहरु विजोगमा परेको बताउदै नेपाल सरकार , नेपाली राजदुतावासले हाम्रो बारेमा साईप्रसमा रहेका समाजिक सघंसस्थाहरुको सहकार्यमा उद्दर गर्न आग्रह गरे ।

मगंलवार भएको यो बहसको सहजीकरण नेपाली अनलाईन खबर पत्रिका युरोप च्यप्टरका संयोजक बसन्त राना भाटले गर्नुभएको थियो भने साईप्रसबाट पत्रकार दिनेश गौतमले यहांँ रहेका समस्याहरु उठान गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *