एन.आर.एन.ए साईप्रसको आपतकालीन कोषमा एक हजार पाचं सय दुई युरो जम्मा

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप साईप्रस २४ अप्रिल २०२०

कोरोना भाईरसले साईप्रसमा असर गरिहेको अवस्थामा गैर आवासीय नेपाली सघं आईसिसिकी महिला उपाध्यक्ष रबिना थापाले एन.आर.एन.ए साईप्रसको आपतकालिन कोषमा पाच सय युरो सहयोग गर्नु भएको छ ।

थापा हाल अमेरिकामा बसोबास गर्दै आए पनि साईप्रसमा रहेका नेपालीहरुलाई नजिकबाट नियाल्दै सो रकम सहयोग गरेको जानएकी छिन ।

आईसिसि प्रतिनिधि रन्जित महतो

यस्तै लामो समय साईप्रसमा बसोबास गरि यहा रहेका नेपालीहरुको अवस्था , समाधान लगाएतका बारेमा वकालत गर्दै आएका उद्यामी एवमं गैर आवासीय नेपाली सघंका आईसिसि साईप्रस प्रतिनिधि रन्जित महतोले ५०१ युरो आपतकालीन कोषमा सहयोग गर्नु भएको एन.आर.एन.ए साईप्रसका कोषाध्यक्ष दिनेश ढकालले जानकारी दिनु भएको छ ।

साईपसमा रहेका नेपालीहरुको राहतमा केही सहयोग पुग्ने उद्देश्यले सहयोग जुटाई रहेको सहकोषाध्यक्ष अनिल भण्डारीले जानकारी दिए ।

अबैतानिक बाणिज्य दुत डा. रामजिवन पन्जियार एवम् उहाकी धर्मपत्नि

भण्डारीका अनुसार केही दिन पहिला साईप्रसमा रहेको अबैतानिक बाणिज्य दुतावासका बाणिज्य दुत डा. राम जिवन पन्जियार र उहाकी धर्मपत्नीले ५०१ युरो सहयोग गरेको बताए ।

उहाका अनुसार अब यी रकम साईप्रसमा रहेका शारर्णाथी , बाहिर बसेर काम गर्ने नेपालीहरु, छुटेका विद्यार्थी लगाएहरुलाई राहतका कार्यक्रममा समाबेश गरिने बताए ।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *