साइप्रस न्युज

कोरोना भाईरस असर :- साईप्रसमा नेपालीहरुको ब्यवसायमा ठुलो असर

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप ,साईप्रस

विश्वभरमा कोरोना भाईरसले विश्वभरमा हरेक क्षेत्रमा असर गरिहेको बेलामा युरोपको साईप्रस देशमा पनि उत्तिकै असर पारेको देखिएको छ ।

यहाको ब्यवासायहरुमा झनै असर परेको देखिएको छ । साईप्रसमा काम गरिरहेका खास गरि केही घरेलु कामदार( रिलिज लिएर बाहिर बसेका) एवमं विद्यार्थीहरु काम विहिन भएका छन ।

यत्ति मात्रै होईन साईप्रस देशमा सिमित नेपालीहरुले ब्यवसाय समेत गरेर बसेका थिए तर यो कोरोना भाईरसले गर्दा पुरा ब्यापार ठप्प छ , अफिसको भाडा, बत्ति , पानी ईनटरनेटको पैसा पनि तिर्नु परेकोले झन समास्यामा परेको ट्भल एण्ड टुर ब्यवासायी निरज खनालले बताए ।

खनालका अनुसार बिक्री भई सकेको टिकटवालाहरुको मिति परिवर्तन गरेर फेरि अर्को डाटामा राख्दा ग्राहकहरुलाई टेलीफोन , ईमेल आदी मार्फत सम्पर्क गर्न खोज्दा खर्च झन बढेको बताए ।

उहा अनुसार साईप्रस आउने वा साईप्रसबाट नेपाल जानेहरुको हकमा कुनै एक देशको लकडाउन खुल्दैमा आवत जावत गर्न नपाईने भएकोले आफुबाट टिकट काटेकाहरुले केही दिन पर्खिनुपर्ने बताउनु भयो ।

साईप्रसमा लामो बसाई गरि ब्यावसाय गरिरहेका खनालले भने कतार एयर लाईन्सले नेपालीहरुको हकमा साईप्रस देश , नेपाल र कतार वा ट्न्जीट पर्ने देश खुलेमा मात्रै आफुहरुले उडान भर्न सक्ने ईमेल मार्फत जानकारी गराएको बताए ।

यसका साथै कतार एयरलाईन्सले जुन महिनाको ७ तारिखबाट देशको अवस्थालाई हेरि आफना्े समय तालिका बनाउने खनालको भनाई थियो ।

खनालले कोरोना भाईरसले गर्दा साईप्रसबाट धेरै नै नेपाली नेपाल जाने वा केही नेपालीहरु फर्कने सम्भावना रहे पनि एयरलाईन्सहरुको ब्यावसाय पुरानो अवस्थामा आउनाका लागि सन २०२१ कुर्नुपर्ने बताए ।

उता लिमासोल सहरमा गोर्खा किचन रेष्टुरेन्ट संचालन गर्दै आउनु भएकी ज्ञानु लामाले कोरोनाका कारण आफनो ब्यापार पुर्ण रुपमा ठप्प रहेको बताईन ।

लामाका अनुसार साईप्रस सरकारले होटल , रेष्टुरेन्टहरु खोल्ने कुरा गरेको छ त्यो धेरै राम्रो हो तर आफुहरु पहिलाको जस्तो ब्यापार गर्न धेरै नै मिहनेत गर्नु पर्ने हुन्छ किनकी अब यो बर्ष पर्यटकहरु पनि कमै आउने सम्भावना रहेको जानकारी दिईन ।

यता साईप्रसमा केही विद्यार्थीहरु समेत पार्टटाईम काम गरिरहे पनि उनिहरु पुर्ण रुपमा बेरोजगार भएकोले अब अगामी दिनमा कसरी कलेज शुल्क आदी तिर्ने भन्ने बारेमा अत्यन्त चिन्तीत भएको विद्यार्थी एवमं एन.आर.एन.ए. साईप्रसका कार्यसमिति सदस्य नितेश सरदारले बताए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *