देश विदेश

बेलायती प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिकाको छोरा जन्मियो

शेयर गर्नुहोस्

लन्डन, २९ अप्रिल ( जीएनएन) बेलायती प्रधानमंत्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमंड्सले आफ्नो सन्तान जन्मिएको जनाएका छन् ।

कोरोन संक्रमणबाट निको भएर काममा फर्केको २ दिन पछि प्रधानमंत्री जोन्सनले पुत्र लाभ गरेका हुन् । ५५ वर्षीय जोन्सन र ३२ वर्षीय सिमंड्सको औपचारिक विहे हुनभने बांकी नै छ ।
प्रधानमन्त्री जोन्सन तथा उनकी प्रेमिकाकी एक प्रवक्ताले क्यारी सिमंड्सले बुधबार बिहान लन्डनको एक अस्पतालमा शिशुलाई जन्म दिएको बताइन् ।

आमा तथा शिशु दुवै स्वस्थ रहेको पनि उनले बताइन् । ब्रिटेनका विभिन्न राजनीतिक दलका नेता तथा साम्सदहरुले जोन्सन दम्पतिलाइ बधाई दिएका छन् ।
प्रधानमन्त्री जोन्सनका दोश्री श्रीमती मेरिना व्हिलरबाट चार छोराछोरी तथा हेलेन म्याकिनटायरबाट एक छोरी छन्।
जोन्सनले गत फेव्रुअरी महिनामा आफ्नी श्रीमती मेरिनासंग आफुले पारपाचुके गरेको घोषणा गरेका थिए ।

गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका प्रधानमंत्री जोन्सनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’ मा राखिएको थियो ।
अप्रील १२ मा डिस्चार्ज भए पछि उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गरेका थिए । उनी गत सोमबार मात्रै काममा फर्किएका थिए ।

कोरोनका सामान्य संकेतहरु देखिए पछि उनकी गर्भवती प्रेमिका पनि स्व एकान्तवासमा बसेकी थिइन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *