साइप्रस न्युज

४ चरणमा खुल्नेछ साइप्रसको लकडाउन

शेयर गर्नुहोस्

समिम मियाँ
३० अप्रिल/लिमासोल

साइप्रस सरकारले लक्डाउनमा लचकता देखाउदै बिभिन्न चरण बाट लकडाउन हटाउने घोषणा गरेको छ ।

बुधबार राती राष्ट्रपति नोकोस अनास्तासियादेशले राष्ट्रको नाममा सम्बोधन गर्दै विभिन्न क्षेत्रमा लगाइएको प्रतिवन्ध हटाउँदै जाने घोषणा गर्नुभएको हो । 

रास्ट्रपतिले २ चरण को घोषणा गरे पछि विहिबार स्वास्थ्य मन्त्रालय , अर्थ मन्त्रालय , श्रम, सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थप २ चरण को घोषणा गरिएको हो ।

सम्मेलनम पत्रकारहरुको प्रश्न को जवाफ दिदै कोरोना महामारी मा साइप्रस पहिलो परिक्षामा  सफलतापूर्वक उत्तीर्ण भएको  स्वास्थ्य मन्त्रीले बताउनु भयो ।

४ चरण का घोषणामा के के छन् त ??

पहिलो चरण मे महिनाको ४ तारिख बाट २० तारिख सम्म लागू हुनेछ ।
जसमा विभिन्न प्रतिवन्धमा फुकुवा र  लचकता दिएको छ । जस अनुसार  निर्माणकार्य  र यस सम्बन्धी व्यापार माथी को बन्देज पुर्णरुपमा हटाइएको छ भने ठुला सपिङ मल र डिपार्टमेन्टल स्टोर बाहेक सबै किसिमका खुद्रा व्यापार सन्चालन हुनेछन्।

यी पसलले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसारको स्वास्थ्य तथा सुरक्षालाई ध्यान दिएर मात्र कारोबार गर्न पाउने बताइएकोछ ।
त्यस्तै टुरिष्ट तथा ट्राभल एजेन्सी खुल्ला हुनेछन् भने खुल्ला हाट बजार , सडक विक्रेताले पनि स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्दै कारोबार सुचारु गर्न सक्नेछन् ।
पहिलो चरण अन्तर्गत नागरिकको स्वतन्त्रतालाई ध्यान मा राख्दै  घर बाहिर निस्किन ३ पटक सम्म  एसएमएम मार्फत अनुमती  लिन मिल्नेछ भने रातमा कर्फ्यु को समय १ घन्टा घटाइएको छ । अब राती १० बजे देखि  बिहान ६ बजे सम्म कर्फ्यु लागू रहने छ ।
शारीरिक व्यायामका लागि खुल्ला स्थानमा हिडडुल गर्न, साइकल चलाउन र समुन्द्रमा नुहाउन पनि अनुमति दिइएको छ ।
तर पार्क तथा खेल मैदान बन्द नै रहनेछन् ।

बन्द गरिएका धार्मिक स्थलहरु जस्तै: चर्च, मस्जिद हरु मा  १० जना भन्दा बढी जम्मा हुन नपाइने गरि खुल्नेछन्  ।

मे ११ तारिखबाट माध्यमिक तहका अन्तिम वर्षका विधार्थी का लागि विधालय खुल्ने छन् भने अन्य शैक्षिक संस्थाहरुको पठनपाठन अनलाइन्  मार्फत नै जारी रहने छ ।

विधालय हरु पुर्ण रुपमा शिक्षा मन्त्रालयको निर्णय  अनुसार खुल्नेछन् ।
त्यस्तै अप्रील २३ तारिख बाट बन्द भएका डेन्टल क्लिनिक पनि संचालनमा आउनेछन् भने मे १८ बाट जिमखाना आंशिक रुपमा चालू हुनेछन् ।
सरकारको निर्देशन अनुसारको स्वास्थ्य तथा सुरक्षा लाई पालना गर्दै सबै औध्योगिक कलकारखाना पुर्णरुपमा सन्चालन हुने घोषणा गरिएको छ ।

दोस्रो चरण मे 21 देखि जुन 8 सम्म  हुनेछ ।

जसमा घर बाहिर निस्कन अनुमति लिनु पर्ने बाध्यताको अन्त्य हुनेछ ।
मे २१ देखि नै हेयर ड्रेसर, शैलुन तथा ब्युटी पार्लर र क्याटरिङ सर्भिस सन्चालन हुनेछन् भने जुन महिनाको १ तारिख बाट सबै लाइब्रेरी , म्युजियम, पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरु खुल्ला हुने बताइएको छ ।

जुन १ देखि नै सबै पार्क, खेल मैदान ,मरिना खुल्ला हुनेछन् तर १० जना बढी एकै स्थान्मा भेला हुन नसकिने बताइएको छ । साथै रातमा लाग्दै आएको कर्फ्यु पनि हटाइने जानकारी दिएइको छ ।

तेस्रो चरण जून महिनाको ९ तारिख  देखि जुन १३ सम्म हुनेछ । जस पश्चात् शपिंग मल र पसलहरू फेरि खुल्नेछन् । साथै एयरपोर्ट तथा समुन्द्री पोर्टहरू सुचारु हुने बताइएको छ । एयर्पोर्ट  सन्चालन मा हुने भिडभाडलाई रोक्न विभिन्न सर्त र नियम लागू हुनेछन् ।

साथै खाधान्न सेवाहरू, होटलहरू, समुद्री तट, थिएटर, सिनेमाघर तथा सबै प्रकारको खेलकुद प्रतियोगिता सन्चालन हुने बताइएको छ ।

यो पनि पढ्नुहोस् : के तपाइको पिङ्क कार्ड आएको छैन ?


चौथो चरण जुन १४ पछि लक डाउन पुर्ण रुपमा  खोलिने घोषणा गरिएको छ ।

मास्क प्रयोग कहाँ गर्ने ? कसलाई अनिवार्य ?

मास्क प्रयोग बारे स्वास्थ्य मन्त्रालयले स्पस्ट पारेको छ । आम सर्वसाधारणले मास्क प्रयोगलाई अनिवार्य गरेको छैन तर प्रयोग गर्न भने सुझाव दिएको छ ।

सर्वसाधारणको सेवामा  प्रत्यक्ष सहभागी हुने व्यापार व्यवसायका कर्मचारीले भने अनिवार्य मास्क प्रयोग गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *