साइप्रस न्युज

विश्वभरि रहेका पत्रकारहरु एक हुनुपर्ने , नेपालमा स्वतन्त्रता पाउनका लागि अझै संघर्षको खाचो

शेयर गर्नुहोस्

दिनेश गौतम
युरोप साईप्रस ३ मई २०२०

विश्वब्यापी रुपमा केही आफुलाई लोकतान्त्रिक देश भन्नेहरुले प्रेस स्वतन्त्रतामा अकुंस लगाउने कार्य भैरहेकोले अब संसारका सबै पत्रकारहरु एकजुट भई अवाज बुलन्द गर्नु पर्ने नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द अचार्यले बताउनु भएको छ ।

नेपाल पत्रकार महासघं युरोप शाखाले आज आईतवार २७ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गरेको अनलाईन अन्र्तक्रिया कार्यक्रममा बोल्दै अचार्यले अहिले नेपाल सरकारले नितिगत रुपमै नेपाली पत्रकारहरु माथि अंकुस लगाई रहेकोले अब यसका लागि सबै पत्रकारहरु अझै लडनु पर्ने बताउनु भयो ।

अचार्यले नेपालको मिडिया काउन्सील विधेयक , सुचना तथा संचार लगाएतका विधेयकहरु सरकारले सांसंद मार्फत पास गर्ने लागेकोले यस्ता संकुच लगाउने कामको विरोधमा सबै पत्रकारहरु लाग्ने बेला आएको जानकारी दिनुभयो ।

उहाले नेपाल लगाएत विश्वभरमा पेशागत ,भौतिक अक्रमण , दुब्र्यवहार भैरहेको , नेपालमा आठ जना भन्दा बढि नेपाली पत्रकारहरुलाई सरकारी मुद्दा लगाई वाक स्वतन्त्रतामा अकुंस लगाउने कार्य गरेकोमा आफु अत्यन्त दुखी भएको बताउनु भयो ।

यसका साथै नेपालमा पेशागत सुरक्षामा खासगरि जागिरबाट निकालिएका १०० जना भन्दा बढि पत्रकारहरु समास्यामा परेकोले उहाहरुको अधिकारको रक्षाका लागि नेपाल पत्रकार महासघं सधै साथ दिने अचार्यको भनाई थियो ।

अचार्यले भन्नु भयो अहिले विश्व यो डिजिटलको युगमा प्रबेश गरे पनि नेपालका धेरै गाऊ ठाउहरु छन जहा अहिले पनि सही सुचना , रेडियो , टिभी, पत्र पत्रिकाहरु पुगेका छैनन् जनताहरु सहि सुचनाबाट बन्चित भएका छन , उहाहरुको समास्याहरु राज्यसगं अझै नपुगेकोले सबै पत्रकारहरु ति समाज प्रति उत्तरदायित्व भुमिका खेल्नु पर्ने भन्नु भयो ।

त्यसै गरि नेपाली पत्रकारहरुको हितका बारेमा के कसरी काम गर्न सकिन्छ भन्ने बारेमा प्रेस काउन्सील लागि परेको प्रेस काउन्सीलका अध्यक्ष किसोर श्रेष्ठले जानकारी दिनुभयो ।

सबै देशहरुमा रहेका पत्रकारहरु अहिले डाक्टरहरु जस्तै फ्रन्ट लाईनमा रहेर काम गरे पनि सम्बन्धित निकायहरु उनिहरुको स्वास्थ लगाएतमा ध्यान दिनुपर्ने नेपाल प्रेस काउन्सीलका अध्यक्ष श्रेष्ठले भनाई थियो ।

उहाले काउन्सीलले कोरोनाको अवधिमा केही नेपाली पत्रपत्रिकाहरु बन्द रहेकाहरुलाई नेपाल सरकारसगं मिलेर केही राहत कार्यहरु दिने काम अगाडि बढिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

उता प्रवासमा रहेका पत्रकार महासघं शाखाका अध्यक्षहरुले पत्रकारिताका दौरानमा केही नेपाली सघंसस्थाहरुबाटै आफुहरु असुरक्षित रहेको जानकारी दिदै नेपाल पत्रकार महासघंले यसका बारेमा सोच्नु पर्ने बेला आएको बताएका छन ।

आज आईतवारको छलफल कार्यक्रममा साईप्रस , कुबेत , बेलायत , कतार , द.कोरिया , अष्टिया, नेदरल्याण्ड ,स्पेन , पोतुगल , बेल्जीयम लगाएत देशका पत्रकारहरुको सहभागि भएका थिए भने नेपाल पत्रकार महासघं प्रदेश न. दुईका उपाध्यक्ष केसि लामिछने नेपालबाट प्रतिनिधित्व गनुभएको थियो ।

यता पत्रकार महासघं युरोप शाखाले केही महिना पहिला देखि नै युरोप लगाएतका देशहरुमा रहेका पत्रकार ,संघंसस्था,विभिन्न नियोकहरुसगं , नेपाली समुदायहरुसगं अनलाईन छलफल एवमं अन्र्तक्रिया कार्य गर्दै आईरहेको र अब अगामि दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शाखाका अध्यक्ष केजन राईले जानकारी दिनु भयो ।

राईले युरोपमा रहेका पत्रकारहरुको हकहित, अवाज उठान गर्नका लागि आफु लगाएत युरोप शाखा जहिले पनि तयार रहेको बताउदै समास्यासगं जुध्नका लागि सबै पत्रकारहरुको अवाज एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

अनलाईनको छलफल कार्यक्रमको सहजिकरण भने युरोप शाखाका सचिव द्रोण रिजालले गर्नु भए्को थियो भने प्रविधिक रुपमा शाखा सदस्य रबि चन्द्र भट्टराईले सहयोग गरेका थिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *