साइप्रस न्युज

साईप्रसमा दोस्रो चरणको राहत वितरण सुरु , आईतवार सम्म १२३ जनालाई बितरण

शेयर गर्नुहोस्

दिनेश गौतम
११ मई २०२०
युरोप साईप्रस
, कोरोना भाइरसबाट प्रभावित नेपाली समुदायका कामदार ,विद्यार्थी , रिफिउजी लगाएत १२३ जनालाई हिजो सम्म दोस्रो चरणको राहत वितरण गरिएको छ ।

गैर आवासीय नेपाली सघं साईप्रसको अगुवाई तथा यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहयोगमा पहिलो चरणको वितरण गरे पश्चप्त यो दोस्रो चरणको राहत बितरण सुरु गरिएको हो ।

एन.आर.एन.ए साईप्रसका महासचिव कृप थापका अनुसार आफुहरु साईप्रसमा लकडाउन सुरु गरेसगैं यहा रहेका सबैनेपाली समुदायका सघंसस्थाहरुलाई अपतकालिन नेपाली समुदायका लागि सहयोग टिम बनाउन अहवान गरेको बताउनु भयो ।

थापाका अनुसार सोही अनुरुप साईप्रसमा रहेका विभिन्न १२ वटा समाजिक सस्थाहरुसगं मिले पहिलो चरणमा ४४७ जना नेपालीहरुलाई राहत वितरण गरिएको जानकारी दिनु भयो ।

यस्तै साईप्रसमा रहेका विद्यार्थी कामदार लगाएतको प्रमुख समास्याहरुलाई नेपाली राजदुतावास ईजरायलमा पठाईएको र त्यसको ठोस जवाफ आफुहरुलाई अहिले सम्म नआएको एन.आर.एन.ए. युवा संयोजक कुन्दन कार्कीले बताए ।

उहाका अनुसार यहा विद्यार्थीहरुमा कोठा भाडाको समास्या र कलेज शुल्क सबै भन्दा ठुलो रहेकोले यस तर्फ सम्बन्धित निकायले पहल गर्नु पर्ने बताए ।

साईप्रसमा अहिले दुखको बेलामा सबै सघंसस्थाहरु मिलेर काम गर्नु राम्रो सुरुवात भएको र यसलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने एन.आर.एनए.साईप्रसका संरक्षक एवमं पुर्व अध्यक्ष सुबास मल्लले सुझाव दिएका छन ।

साईप्रसमा लगभग पाच हजारको हराहारीमा नेपाली विद्यार्थीहरु मात्रै रहेको र अन्य केही बाहिर बसेर काम गरिरहेका मध्ये केहीलाई पहिलो चरणमा राहत वितरण गएिको छ भने छुटेकाहरुलाई अहिले फेरि दोस्रो चरणमा समाबेश गरिएको एनआएनए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले जानकारी दिनु भयो ।

अध्यक्ष पुनका अनुसार दोस्रो चरणको राहतका लिनेहरु ४८७ जनाले नाम दर्ता गराएका र अहिले सम्म नाम टिपाउनेहरुको सख्यां बढिरहेको बताउनु भयो ।

पुनले पहिलो चरणमा र अहिले दोस्रो चरणमा सहयोग गर्ने एन.आर.एनं.ए. आईसिसि , युरोप संयोजक , सदस्य लगाएत सुचना सम्प्रेषण गर्ने र राहत लिने सबैलाई धन्यबाद दिदै अगामी दिनमा अझै सबै नेपाली मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

साथै दोस्रो चरणको राहत लिनेहरुले निकोसिया सहरमा बस्नेहरुले ईटाली रादुतावास नजिक गएर लिन सक्ने छन भने अन्य सहरमा रहेका नेपालीहरुका लागि छिट्टै गाडीबाटै राहत वितरण गरिने अध्यक्ष पुनले जानकारी दिईन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *