प्रवास

कोभिड-१९ मा ‘हेल्पिगं ह्यान्ड’ क्यानडाको सहयोग ।

शेयर गर्नुहोस्

टोरोन्टो ,जिएनएन , स्थापनाको छोटो समयमा नै क्यानडा लगायत नेपालमा समेत सामाजीक कार्यमा महत्वपूर्ण भूमिका खेल्न सफल गैर नाफामूलक सामाजीक सस्था ‘सिमाबिहिन हातहरु ‘अर्थात ‘Helping Hands Without Borders Canada’ ले कोरोनाका कारण प्रभावित हुनेहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट इमर्जेन्सी कोष मार्फत नगद सहयोग गरेको छ ।

क्यानडा तथा नेपालमा भाइरसका कारण प्रत्यक्ष मारमा परेकाहरुका लागि सहयोग गर्ने हेतुले एक महिना अगि ‘कोभिड-१९ इमर्जेन्सी कोष’ स्थापना गरेको थियो ।

कोषमा अमेरिका र क्यानडामा बसोबास गर्नेहरुबाट संस्थाले लिएको लक्ष्य अनुरुप ५ हजार ५० डलर सहयोग प्राप्त भैसकेको संस्थाले जनाएको छ ।

जम्मा भएको रकम बाट क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरु, गोयल्फ जनरल हस्पिटल, सनि ब्रोक हस्पिटल, फूड बैंक क्यानडा, गैरआवासीय नेपाली संघ क्यानडा लगायत नेपालको एक बिपन्न परिवारलाई सहयोग गरेको छ ।

आजै एनआरएनए क्यानडाका अध्यक्ष जिरन्जीवी घिमिरेलाई हेल्पिगं ह्यान्ड कोभिड- १९ इमर्जेन्सी कोषका संयोजक अन्जनी राज भट्टराई लगायत सस्थाका अन्य डाईरेक्टरहरु ऋषिकेश घिमिरे र रबिन्द्र आचार्य मार्फत सस्थाको तर्फबाट एनआरएनए कोषको सहयोगका लागि चेक हस्तान्तरण गरेका छन् ।

सस्थाले अन्जनी राज भट्टराईको समजकत्मा भैपरी आउने राहत कोष ६ सदस्यीय सल्लाहकार कमिटि र राजन श्री छत्कुली को समजकत्वमा १५ सदस्यीय कोबिड-१९ भैपरी आउने राहत कोष कमिटि स्थापना गरि कोष स्थापमा र संचालन गरेको थियो । सस्थाले कार्यक्रम सफल पार्न आआफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेली यस्तो असहज परिस्थितिमा साथ सहयोग गरि सस्थाको उद्धेश्यमा हौसला थप्नुहुने सबै दाताहरुमा आभार व्यक्त समेत गरेको छ

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *